काठमाण्डौं । लामो समय पछि नेप्से चार्टको म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम पनि सकरात्मक बनेको छ । यस अघि जनवरी २२ मा वियरिस क्रसओभर बनेको बजार आज बुलिस क्रसओभर बनेको हो । यो इन्डिकेटरले ढिलो संकेत दिन्छ तर यसलाई विश्वासिलो मान्ने गरिन्छ । अघिल्ला २ कारोबारमा ठूला–ठूला क्याण्डन बनाएको बजारले आज भने सम्हालिने प्रयास गरेको छ ।
बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको देखिन्छ । यदि आगामी कारोबारमा मध्य ब्यान्ड अर्थात २०४० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । कारोबार तथा भोल्युममार्फत हेर्दा आज बजार बढेता पनि कारोबार बढ्न भने सकेको छैन । यसले खरिदकर्ता अझै विश्वस्त हुन नसकेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ४७ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा विस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । सुपर ट्रेन्डमा बजार बुलिस नै रहेको छ । क्याण्डल स्टिकबाट नियाल्दा मंगलबार बन्द भएको क्याडल भन्दा बुधबारको क्याण्डल माथि गएर बन्द भएको छ । यी सबै कारणले बजार विस्तारै सम्हालिन खोजेको भन्न सकिन्छ ।
पिभट् मार्फत नियाल्दा आज २०१७ मा बन्द भएको बजार अबको प्रतिरोध क्रमशः २०२६, २०४१ र २०५५ मा सामाना गर्न सक्छ । त्यसै गरि घटेमा भने १९९९,१९८५ र १९६० मा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफरिस भने होइन ।