मंगलवार, आश्विन १३,२०८३ 06:58:34
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:58:34
Bizshala
Global IME Bank Limited

१६.३५ अर्ब कारोबार भएको सेयरबजारमा सामान्य करेक्सन, जानकार भन्छन्, ‘करेक्सन हुँदै बढेको बजार दीगो हुन्छ’

Bizshala
१६.३५ अर्ब कारोबार भएको सेयरबजारमा सामान्य करेक्सन, जानकार भन्छन्, ‘करेक्सन हुँदै बढेको बजार दीगो हुन्छ’
New Office

काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयरबजारमा आज सामान्य अंकको करेक्सन आएको छ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०७ अंकले घटेर २ हजार ७६९.०९ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४७१.८३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १३ अर्ब ७८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘चुनाव हुने पक्कापक्की भएपछि केही दिनयता सेयरबजारमा रौनकता छाएको छ । सेयरबजार गत सातादेखि लगातार बढेको पनि छ । लगानीकर्ताहरुले आज नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन देखिएको हो, तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन । साथै इतिहासमा हेर्दा चुनावको समयमा सेयरबजार बढेकै हुन्छ ।’

उनले थपे, ‘यो बेला विभिन्न क्षेत्रका पैसा सेयरबजारमा आउने हुँदा मार्केट बढ्नका लागि प्लस प्वइन्ट हुन्छ । आज बजारमा सामान्य करेक्सन देखिनु बजारको दीगोपनको लागि राम्रो पनि हो । लगातार बढेको बजार दीगो हुँदैन र आज राम्रो विन्दुमा पुगेर नेप्से क्लोज भएको जुन राम्रो पनि हो । यहिअनुसार बजारमा भोल्युम वृद्धिसँगै सहित सानो–सानो करेक्सन देखिएर विस्तारै बढेको बजार दीगो हुन्छ । अझै सेक्टर रोटेसन भई बजार बढ्दै गएमा बजार अझै माथि जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि आज ०.३०, उत्पादन तथा प्रशोधन ०.४० र म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केवलकारको ४० करोड ५५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएकामध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, माउन्टेन हाईड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी, ट्रेड टावरको सेयरमूल्य ९.२५ प्रतिशत, त्रिशुली जलविद्युतको ८.९३ र बन्दीपुर केवलकारको सेयरमूल्य ८.०७ प्रतिशतले बढ्यो ।

नेशनल हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.१२ प्रतिशतको गिरावट आयो । यस्तै कालिका पावरको २.९६ र ज्योती विकास बैंकको सेयरमूल्य पनि २.९५ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.