मंगलवार, फाल्गुन ५,२०८२ 12:10:52
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:10:52
Bizshala
Global IME Bank Limited

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८४ प्रतिशतले बढेको छ । आज २५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ६६६ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, युनाइटेड अजोडको ०.९२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२० प्रतिशत, नेकोको १.४७ प्रतिशत, एनएलजीको १.५९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.१५ प्रतिशत, प्रभुको १.३५ प्रतिशत, आरबीसीएलको ०.५२ प्रतिशत, सानिमा जिआइसीको १.०७ प्रतिशत, शिखरको ०.९१ प्रतिशत, हिमालयन रि को ०.६२ प्रतिशत र नेपाल रि को ०.६८ प्रतिशतले सेयरभाउ बढेको छ । 

साथै एशियन लाइफको ०.२२ प्रतिशत, सिटिजन लाइफको ०.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.७२ प्रतिशत, हिमालयन लाइफको १.०८ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेशनल लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२५ प्रतिशत, सूर्यज्योति लाइफको १.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२२ प्रतिशतले बढेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीको सेयरभाउ ०.३७ प्रतिशतले घटेर ४८२.७० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.०५ प्रतिशत, एलआइसी नेपालको ०.३५ प्रतिशत र सन नेपाल लाइफको ०.३२ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.