बुधबार, चैत्र २०,२०८१ 03:25:03
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:25:03
IME remit
Global IME Bank Limited

नेप्से पुनः २६ सय विन्दुमाथि,‘बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने आशामा लगानीकर्ता

Hyundai Nepal
नेप्से पुनः २६ सय विन्दुमाथि,‘बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने आशामा लगानीकर्ता
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १२.५८ अंकले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले बढेर ४३९.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

बजार जानकार निमानन्द कंडेल लगानीकर्ताहरु उत्साहित हुँदा आजको बजार बढ्न पुगेको बताउँछन् । ‘भोलि बैंकहरुको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुँदैछ, समग्र बैंकहरुको रिर्पोट राम्रो आउने आशाले लगानीकर्ताहरु उत्साहित हुँदा आज बजार सामान्य बढ्न पुगेको हो’ उनले भने, ‘बैंकहरुको रिपोर्ट राम्रो आएर बैकिङ सेक्टर चल्ने हो भने बजारले लय समाउन सक्छ ।’

साथै, नेप्से इन्डेक्स यो लेभलबाट तल नजाने आम लगानीकर्ताहरुले अनुमान गरिरहेको उनको तर्क छ ।  

अर्का बजार जानकार मुक्तिबहादुर खत्री पनि आम लगानीकर्ताहरु बैंक वित्तीय संस्थाको रिपोर्टको प्रतिक्षामा रहेको बताउँछन् । उनी भन्छन्, ‘समग्र अवस्था हेर्दा बजार बढ्नुपर्ने हो, कर्णाली डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सको फण्डाले बजारलाई केही प्रभाव पारेको थियो । तर राष्ट्र बैंक यी दुबै कम्पनीलाई करेक्सनको लागि अघि बढीसकेको छ । लगानीकर्ताहरु अब बैंकहरुको दोस्रो त्रैमासिक रिर्पोटको प्रतिक्षामा छन् । बैंकहरुको रिर्पोटले नै बजार कता जान्छ भन्ने कुरा तय गर्नेछ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.५७ प्रतिशतले बढेर ६ हजार ८९४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.१७, विकास बैंक ०.२०, वित्त २.३२,हाईड्रो ०.४०, लगानी ०.३७,जीवन बीमा ०.९१, लघुवित्त ०.२८,निर्जीवन बीमा ०.६३ र अन्य समूह ०.३० प्रतिशतले बढ्यो ।  

यस्तै होटल समूह आज ०.०८ प्रतिशत,म्युचुअल फण्ड ०.४६ र व्यापार समूह ०.१३ प्रतिशतले घट्यो ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ८५ लाख बढीको कारोबार भयो । सुपर मादी हाईड्रोको पनि आज २४ करोड ४५ लाख,सानिमा मिडिल तमोरको १५ करोड १५ लाख,सिन्धु विकास बैंक र पोखरा फाइनान्सको १३ करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको मात्रै सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै विन नेपाल लघुवित्तको सेयरमूल्य ९.०९ प्रतिशत,सामलिङ्ग पावरको ७.४६ र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ७.३७ प्रतिशतले बढ्यो ।  

सुपर मादी हाईडोाको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ६.४५ प्रतिशत,अपर हेवाखोलाको ४.४२ र नाडेप लघ्वित्तको सेयरमूल्य ३.६१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.