मंगलवार, आश्विन १३,२०८३ 07:00:21
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:00:21
Bizshala
Global IME Bank Limited

सेयरबजार सामान्य अंकले बढ्यो, कारोबार रकममा केही सुधार

Bizshala
सेयरबजार सामान्य अंकले बढ्यो, कारोबार रकममा केही सुधार
New Office

काठमाण्डौ । बिहिबारको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४६४.५९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १  करोड २ लाख २४ हजार १९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७२ करोड ३३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ५३ करोड २१ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘अहिलेको बजार साइडवेजमै छ । २२ सयको लोअर विन्दु ब्रेक आउट गरेर नेप्से सूचक अहिले २९ सयको हाई विन्दु र २६ सयको विन्दुबीच रुमलिएको छ । अहिलेको मार्केटमा टर्नओभर हेर्दा तत्कालै बजारले गति लिने अवस्था देखिदैन । बजार बढ्नुपर्ने मुख्य सिजनमै माथि जान नसकेपछि अब बजार यो लेभलभन्दा माथि पुग्ने सम्भावना रहँदैन । विगतमा बर्षहरुमा यो सिजनमा ‘अल टाइम हाई’ रेडर्क कायम भएको थियो । यो वर्ष सेयर लगानीकर्ताहरुमा कन्फिडेन्ट लेभल नै नभएकाले बजारको गति दौडिन सकेको छैन ।’

उनले थपे, ‘बजारमा अहिले ‘स्मार्ट मनि’को निर्क अभाव छ । अब विस्तारै बजार बढ्नुपर्ने सिजन पनि सकिँदैछ, चाडपर्व नजिकिदै गएको छ । व्यापारीहरु अब सेयरबजार भन्दा आ–आफ्नो व्यापारमा केन्द्रित हुन्छन् । अन्य लगानीकर्ता पनि ग्याजेट र घरजग्गा कारोबारतिर सिफ्ट हुने देखिन्छ । केही गरी बीचमा सरकारले नयाँ कुरा ल्यायो भने थोरै बढ्ला नत्र बजार माथि उकासिने छाँटकाँट देखिदैन ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज एतपादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.५७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३९ प्रतिशत, विकास बैंक ०.५३, फाइनान्स ०.०१, होटल ०.३५, हाईड्रो ०.५६, जीवन बीमा ०.२०, लघुवित्त ०.२२, निर्जीवन बीमा ०.५२ र अन्य समूह ०.२८ प्रतिशतले बढ्यो ।  ।

आज लगानी र म्युचुअल फण्ड समूह मात्रै घटे । यी समूहहरु आज ०.४९ र ०.२२ प्रतिशतले घटे । व्यापार समूह आज अपरिवर्तित रह्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज घलेम्दी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड ९८ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ६९ लाल, सोलु हाईड्रोको १५ करोड ७० लाख, सेन्ट्रल फाइनान्सको १२ करोड २२ लाख र युनाइटेड मोदी हाईड्रोको १५ करोड ५९ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सवोत्तम पेन्ट्स र माउण्ट एभरेष्ट पावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आज सुपरखुदी हाईड्रोको सेयरमूल्य १३.०२ प्रतिशत, घलेम्दी हाईड्रोको ११.९० र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.०९ प्रतिशतले बढ्यो ।  

यो दिन प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात १०.४५ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.