बुधबार, आश्विन ७,२०८३ 04:23:53
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 04:23:53
Bizshala
Global IME Bank Limited

कारोबारसँगै नेप्से परिसूचक घट्यो, जानकार भन्छन् -सामान्य करेक्सन मात्रै हो

Bizshala
कारोबारसँगै नेप्से परिसूचक घट्यो, जानकार भन्छन् -सामान्य करेक्सन मात्रै हो
New Office

काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३६ प्रतिशत अर्थात ३६.२५ अंकले घटेर २ हजार ६१८.०३  विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३३ प्रतिशतले घटेर ४६७.४६ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ७ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘केही दिन बजार लगातार बढेका कारण आज करेक्सन देखिएको छ, यसलाई सामान्य नै मान्नुपर्छ । बजार लगातार बढ्नु पनि अस्वभाविक हुन जान्छ । अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्दै गएको छ । माहोल पनि पोजेटिभ हुँदै गएको छ । केही दिन लगातार बढेको र्यालीले गर्दा आज सामान्य करेक्सन देखिएको हो । अब केही दिनसम्म यस्तै सामान्य अंकको उचारचढाव देखिन सक्छ । लगानीकर्ताहरुको मनोबल विस्तारै बढ्दै गएका कारण बजारले विस्तारै आफ्नो गति समाउन सक्ने सम्भावना छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज जीवन बीमा समूह सर्वाधिक घट्यो। यो समूह आज २.०४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.२२, विकास बैंक १.३६ प्रतिशत, फाइनान्स १.०९, हाईड्रो १.६६, होटल ०.९८, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, लघुवित्त १.३१, म्युचुअल फण्ड ०.१५, निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनि मिल्सको २१ करोड २५ लाख, हिमालयन डिस्टीलरीको २० करोड ५४ लाख र आँखुखोला जलविद्युतको १७ करोड २९ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लााग्यो । आज धौलागिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै  सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.४४ प्रतिशतले बढ्यो ।

यो दिन फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.५४ प्रतिशतले घट्यो । यस्तै माउण्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमूल्य ५.७२ र कालिका लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
D

D***

नापियो सामान्य करेक्सन ! बढदा २ रुपिया घटढा ५० रुपिया घटाउने

43 मिनेट अगाडी
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.