बुधबार, आश्विन २८,२०८३ 05:24:33
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:24:33
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा पुस मसान्तको दबाब’

Bizshala
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा पुस मसान्तको दबाब’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २१.१२ अंकले घटेर २ हजार ६०९.५८ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४४८.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘अहिले बजारमा पुस मसान्तको दबाब देखिएको छ । सरकार र धितोपत्र बोर्डले पनि पूँजीबजारका लागि खासै केही कदम चालेको देखिदैन । यस्ता यावत कारणले गर्दा बजारमा सुधार देखिएको छैन । यद्यपी नयाँ गभर्नरको चर्चाले भने माघ महिनादेखि बजारले गति लिन सक्ने देखिन्छ ।’

अर्का बजार जानकार निमानन्द कंडेलले पनि दुई–तीनवटा कारणले गर्दा बजारमा गिरावट आएको बताए । ‘एउटा भनेको पुस महिनाको क्लोजिङ, कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको कारवाही र यो सातामा जम्मा ४ दिन मात्रै कारोबार हुने हुँदा सेटलमेन्टको दबाब पनि परेका कारण बजार आज घट्न पुगेको छ ’ उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज लघुवित्त समूह सर्वाधिक बढ्यो। यो समूह आज १.१२ प्रतिशतले बढेर ४ हजार ९७७.९७ विन्दुमा पुग्यो ।  म्युचुअल फण्ड समूह पनि आज ०.१८ र अन्य ०.२९ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ४.४७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.८७ प्रतिशत,विकास बैंक २.६५,होटल ०.६१, हाईड्रोपावर १.७३,लगानी ०.६६,जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.८१,निर्जीवन बीमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घट्यो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको २६ करोड १० लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख,एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावरको ११ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन मानुषी लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशत,श्रृजनशिल लघुवित्तको ५.८९ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५.७१ प्रतिशतले बढ्यो ।  

आज ५ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सपोर्ट माइक्रोफाइनान्स,नारायणी डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक,जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X