बुधबार, चैत्र २०,२०८१ 03:17:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:17:58
IME remit
Global IME Bank Limited

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’

Hyundai Nepal
दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २५.८८ अंकले बढेर २ हजार ६६५.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४८०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘हिजोअस्ति बजार घट्नुमा राजनीतिक कारण नै थियो । अस्थिर सरकार होला, गठबन्धन भत्केला भन्ने भय लगानीकर्तामा थियो । तर हिजोआज तत्काल परिवर्तन नहुने आँकलनले आज बजार सम्हालिएको छ ।’

अहिले ब्याज दर घटेको र बजारमा तरलता फालाफाल रहेकाले खासै डराउनु पर्ने कुनै कारण नभएकाले आज बजार सम्हालिएको उनले बताए । आज बजारमा बेच्नहरु कम हुँदा कारोबार पनि कम भएको तर्क उनले राखे । यस्तै लम्सालले अहिले लगानीकर्ताहरुले बैंकहरुको रिपोर्टको प्रतिक्षा गरिरहेको समेत बताए । ‘यदि रिपोर्ट लगानीकर्ताले सोचे जस्तो आएमा बजारले राम्रै गति लिनेछ’ उनले भने ।  

त्यसैगरि, अर्का बजार जानकार सुबास चन्द्र ढुंगानाले दुईदिन घटेको बजारले आज फकर्ने प्रयास गरेको बताए । ‘तर एकै दिनको बढोत्तरीले मात्रै बजार फर्कीहाल्यो भन्नु हतार हुने देखिन्छ । अब बुधबारको कारोबार महत्वपूर्ण हुन्छ । यदि आगमि कारोबारमा बजार २६७० भन्दा माथि ६ अर्ब कारोबारले टिकेमा भने बजारले माथिको यात्रा लिन सक्छ’ उनले भने ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.०३ प्रतिशतले बढेर ३ हजार २८४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.६८ प्रतिशत,विकास बैंक १.२५,होटल ०.४४,हाईड्रो १.४२,लगानी ०.९२,जीवन बीमा ०.४९,उत्पादन तथा प्रशोधन २.१४,लघुवित्त ०.६६,म्युचुअल फण्ड ०.२७,निर्जीवन बीमा ०.६१ र अन्य समूह १.०२ प्रतिशतले बढ्यो ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गुडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ३२ लाख बढीको सेयर कारोबार भयो । यस्तै कुमारी बैंकको १३ करोड ८० लाख,हिमालयन रि इन्स्योरेन्सको १२ करोड २८ लाख,पिपुल्स हाईड्रोपावरको १० करोड ९९ लाख र नेपाल एसबीआई बैंकको ८ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । यो दिन राँवा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ८.८६ प्रतिशतले बढ्यो । यस्तै मनकामना इन्जिनियरिङको सेयरमूल्य ७.८२ प्रतिशत,थ्रिस्टार हाईड्रोको ६.३६,महुली लघुवित्तको ६.१० र मैलुङ हाईड्रोको सेयरमूल्य ६.०९ प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.७५ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.