काठमाण्डौ । नेप्सेमा आज करिब साढे २ महिनापछि भोल्युम ४ अर्ब भन्दा तल झरेको छ । यो सँगै नेप्सेमा आज अनिर्णयको क्याण्डल बनेको छ । भोल्युम र मुल्यको सम्बन्धलाई नियाल्दा यदि भोल्युमसहित सूचक वा मूल्य बढेमा अप ट्रेन्डको सम्भावना रहन्छ ।
त्यसैगरि, बजार घट्दै जाँदा डाउन ट्रेन्डमा भोल्युम घट्दै जान्छ भने डाउन ट्रेन्ड रिजेक्सन हुँदै गरेको भन्ने बुझिन्छ । आजको बजारमा भोल्युम तथा कारोबार घट्नुले सम्भावित रुपमा डाउन टेन्ड रिजेक्सन हुँदै गरेको संकेत गरेको छ । पछिल्लोपटकको बजारलाई प्राइस एक्सनबाट नियाल्ने हो भने बजारले लोअर हाई र लोअर लोका सिरिज बनाउँदै गरेको देखिन्छ ।
यदि बजारले आगामी दिनमा माथिल्लो ट्रेन्डलाई ब्रेक गरेर हायर लो कन्फर्मेसन गर्छ भने हालका लागि बजारमा बटम लाग्दै गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।