आईतवार, बैशाख ६,२०८३ 11:12:08
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा २७.४१ अंकको वृद्धि,‘सम्हालिने प्रयासमा बजार’

Bizshala
नेप्सेमा २७.४१ अंकको वृद्धि,‘सम्हालिने प्रयासमा बजार’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०४ प्रतिशत अर्थात २७.४१ अंकले बढेर २ हजार ६४५.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले बढेर ४७३.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा (जय शम्भु) भन्छन्, ‘आन्दोलन र बैंकको रिपोर्टले घटेको बजार आज सम्हालिएको जस्तो देखिन्छ । अर्थात यो ठूलो करेक्सन रहेनछ भन्ने देखियो। ठूलो आन्दोलन नहुनु र चाडपर्व पनि सकिदै गएको कारण बजारले अब गति लिन सक्छ । तर त्यसको लागि प्राविधिक रुपमा २६७५ भन्दा माथि लागे पछि यसको निश्चिता हुन सक्छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज बजारले बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको र यसले बजारको गिरावट रोकिएको र बजार फिवोनासीको सपोर्ट विन्दुबाट माथि नै लागेकोले बजारले गति लिनेमा थापा ढुक्क देखिन्छन् ।  

त्यसैगरि, अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आजको बढोत्तरी सामान्य रहेको र बजारमा सानो बाउन्स आएको प्रतिक्रिया दिए । बजारमा अब घट्ने भन्दा पनि बढ्नै नै सम्भावना रहेको र बजारले बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको उनको तर्क रहेको छ । केही दिन यस्तै रहेता पनि चाडपर्व सकिए पछि बजारले गति लिनेमा घिमिरे पनि सहमत देखिए ।‘  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ३.४६ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३६ प्रतिशत, विकास बैंक १.५७,होटल १.१७,हाईड्रो १.५८,लगानी ०.८५,जीवन बीमा १.८४,उत्पादन तथा प्रशोधन १.३४,लघुवित्त १.२६,म्युचुअल फण्ड ०.७२,निर्जीवन बीमा ०.६४,अन्य समूह ०.५७ र व्यापार समूह ०.७५ प्रतिशतले बढ्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ७९ लाख बढीको कारोबार भयो । समृद्धि फाइनान्सको आज २४ करोड ७६ लाख, एलआईसी नेपालको १९ करोड ८३ लाख र जानकी फाइनान्सको १६ करोड ६४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज जानकी फाइनान्स र दोल्ती पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै रिभर फल्स पावरको सेयरमूल्य ९.५४ प्रतिशत,मेन्छियाम हाईड्रोपावरको ९.१३ र मायाखोला हाईड्रोपावरको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  

यो दिन पिपुल्स हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.०२ प्रतिशतले घट्यो । कालिञ्चोक दर्शनको सेयरमूल्य पनि आज ४.३५,समृद्धि फाइनान्सको ३.९६ र विन नेपाल लघुवित्तको सेयरमूल्य २.८९ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.