मंगलवार, कार्तिक ३,२०८३ 02:17:48
  • मंगलवार, कार्तिक ३,२०८३ 02:17:48
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

Bizshala
दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.४६ अंक अर्थात ०.६९ प्रतिशतले घटेर २ हजार ६२.०३ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले घटेर ३६८.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । हिजो बजार ४ अर्ब २५ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्,‘लगानीकर्ताले कर्जा लिएर बजारमा लगानी गरेनन् । बैंक तथा वित्तीय संस्थाको रिपोर्टहरु पनि राम्रो आएन । जसका कारण बजारमा गिरावट आएको छ ।’

उनका अनुसार बजारमा सेयरको सप्लाई पनि बढी आएका कारण बजार घट्न पुगेको हो ।  

अर्का बजार जानकार प्रकाश रजौरे भन्छन,‘मौद्रिक नीतिको समीक्षा सहज नआउदा बजार बढ्न नसकेको हो । अहिले लगानीको वातावरण बन्न सकेको छैन । लगानीलाई नीतिमार्फत निषेध गर्न खोजियो । यहिबीच कम्पनीहरुको वित्तीय प्रतिवेदनहरु पनि राम्रो आएन ।’

कम्पनीको नाफा घट्दा लगानीकर्ताहरु पनि निराश भएको उनले बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो भने अन्य सबै समूहमा रातो पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढ्यो ।  

आज सबैभन्दा धेरै गिरावट वित्त समूहमा देखियो । यो समूह २.७१ प्रतिशतले घटेको आज बेंक समूह ०.५७,विकास बैंक १.४०,होटल ०.६३,हाईड्रो ०.३०,लगानी ०.५८,जीवन बीमा ०.६८,लघुवित्त ०.४७,म्युचुअल फण्ड ०.७८,निर्जीवन बीमा ०.७३,अन्य १.६२ र व्यापार समूह ०.९० प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै,सगरमाथा जलविद्युत कम्पनीको ११ करोड ५९ लाख,जोशी हाईड्रोपावरको १० करोड ७५ लाख,एनआईसी एशिया बैंक ८ करोड ७० लाख र हिमालयन उर्जा कम्पनीको ८ करोड ५७ लाख बढीको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको उछाल आउँदै सकारात्मक सक्रिट लागेको छ ।  

यसैगरी छ्याङदी हाईड्रोको सेयरमूल्य ८.०१,जोशी पावरको ७.४७ र बलेफि हाईड्रोको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो ।  

आज मैलुङखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा ५.७० प्रतिशतको गिरावट आयो ।  

यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य पनि ५.५८ प्रतिशत,महुली लघुवित्तको ५.४२ र रिभर फल्सको सेयरमूल्य ५.१५ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.