बुधबार, असार ११,२०८२ 06:56:05
  • बुधबार, असार ११,२०८२ 06:56:05
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सामान्य सुधार

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सामान्य सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३३ अंकले घटेर २ हजार ६००.२० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४४५.११ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिनभने ५ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे उपेन्द्र पाठक भन्छन्,  ‘बजारमा अहिले असार मसान्तको प्रभाव परेजस्तो देखिन्छ । तर यसको प्रभाव त्यति धेरै भने पर्ने देखिदैछ । राष्ट्र बैंकले कसिला नीतिहरुलाई विस्तारै सहज बनाइरहेकाले बजारमा आशा गर्ने ठाउँहरु पनि छन् ।’ 

गत वर्षपनि असार मसान्तअघि नै बजारले गति लिएकाले यो वर्ष पनि सोही ट्रेण्डको पुनरावृत्ति हुनेमा पाठक ढुक्क देखिए । कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउदै गर्दा बजार अहिले साइडवेजमा चलेता पनि ब्याजदर न्यून विन्दुमा भएकाले बजारले गति लिनेमा विश्वास गर्न सकिने उनले दाबी गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

 

अर्का बजार जानकार नीमानन्द कंडेलले पनि असार मसान्तको प्रभाव, ब्रोकरहरुलाई क्लोजिङको दबाब जस्ता विषयले बजारले गति लिन नसकेको बताए । तर बजारमा आत्तिनु पर्ने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने अन्य ७ वटा समूहमा रातो पोतियो । होटल समूह आज सबैभन्दा बढी अर्थात १.२९ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.२२ प्रतिशत, जीवन बीमा ०.१३ म्युचुअल फण्ड ०.०१ र निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढ्यो ।  

घटेका समूहमध्ये आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ०.५९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०१ प्रतिशत, फाइनान्स ०.४०, लगानी ०.३३, उत्पादन तथा प्रशोधन ०.१२, लघुवित्त ०.१५ र अन्य समूह ०.२५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज बुटवल पावर सर्वाधिक कारोबार गर्ने कम्पनीको शीर्ष स्थानमा रह्यो । यो कम्पनीको आज ५३ करोड ९४ लाख बढीको सेयर कारोबार भयो । एनआरएन एन्फ्रास्ट्रक्चरको पनि आज ३६ करोड १६ लाख, राधी विद्युतको २४ करोड ८९ लाख, सानिमा माई हाईड्रोको २० करोड २० लाख र चन्द्रागिरी हिल्सको १७ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । मोदी इनर्जी र तेह्रथुम पावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

पञ्चकन्या माई हाईड्रेको सेयरमूल्य पनि आज ७.७७ प्रतिशत, त्रिशुली जलविद्युतको ७.६२ र माउन्टेन हाईड्रोको सेयरमूल्य ७.१४ प्रतिशतले बढ्यो ।  

आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा जोशी हाईड्रो रह्यो । जोशी हाईड्रोका लगानीकर्ताले आज ९.५१ प्रतिशतले गुमाए । हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि आज ९.०२ प्रतिशत, दोर्दीखोला जलविद्युतको ४.६३ र सिन्धु विकास बैंकको सेयरमूल्य ३.२७ प्रतिशतले घट्यो ।    

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.