मंगलवार, आश्विन १३,२०८३ 06:55:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:55:27
Bizshala
Global IME Bank Limited

हिमालयन रिसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई र एलआइसीका सेयरधनीले सर्वाधिक गुमाए

Bizshala
हिमालयन रिसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई र एलआइसीका सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र निर्जीवन बीमा दुईवटा समूहमा मात्रै हरियाली छाएको छ । निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले वृद्धि भएको छ । साथै जीवन बीमा समूह भने १.७२ प्रतिशतले घट्न पुगेको छ ।  

आज ५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.३२ प्रतिशतले वृद्धि भई ७४६.९० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १।११ प्रतिशतले बढेर ५९२.५० रुपैयाँ, एनएलजीको ०.३९ प्रतिशतले बढेर ७६३ रुपैयाँ, आरबीसीएलको ०.२९ प्रतिशतले बढेर १३ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.१५ प्रतिशतले बढेर ५८४ रुपैयाँ कायम भएको छ ।  

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ४.४१ प्रतिशतले घटेर १२५७ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, आइएमई लाइफको ३.१६ प्रतिशत, नेशनल लाइफको २.३८ प्रतिशत, नेपाल रि को २.१४ प्रतिशत, हिमालयन लाइफको २.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६२ प्रतिशत, एशियन लाइफको १.३९ प्रतिशत, सानिमा जिआइसीको १.३२ प्रतिशत, सूर्यज्योति लाइफको १.२० प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१९ प्रतिशत, सलिकोको ०.७६ प्रतिशत, नेपाल लाइफको ०.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६३ प्रतिशत, युनाइटेड अजोडको ०.६१ प्रतिशत, सिटिजन लाइफको ०.३८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.३७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०९ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीको सर्वाधिक ११ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि को ५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.