बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘आगामी यात्रा मौद्रिक नीतिको समीक्षा र बोर्ड अध्यक्षको नियुक्तिमा निर्भर’

Hyundai Nepal
दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘आगामी यात्रा मौद्रिक नीतिको समीक्षा र बोर्ड अध्यक्षको नियुक्तिमा निर्भर’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.८३ अंकले बढेर २ हजार ६८३.२४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ४७३.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब ३४ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘लगानीकर्ताले मौद्रिक नीतिको समीक्षालाई कुरिरहेकाले मौद्रिक नीतिको समीक्षा पछि बजारले गति लिन सक्छ । अहिले बजारमा सबै कुरा सकारात्मक भएपनि केही विषयले उत्साह पैदा हुन सकेको छैन ।’

ओलीले आगामी मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने विषय समेटिने समेत अपेक्षा गरे ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले आजको बजार खासै बढ्न पनि नमानेको र घट्न पनि नमानेको बताए । ‘ब्याजदरको अवस्था हेर्दा कम्पनीहरुको सेयर भाउ बढ्ने अपेक्षा लगानीकर्ताले सेयर बिक्री गर्न चाहेका छैनन् । लाभांश पारित भईसकेका कम्पनीहरुको मात्रै बजारमा आपूर्ति बढी देखिएको छ । लाभांश क्षमता भएका अधिकांश वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसके । यही कारण वाणिज्य समूहको इन्डेक्स बढ्न नसक्दा समग्र बजार पनि बढ्न नसकेको हो ।’

पाठकले आगामी बजारको यात्रा आउँदै गरेको राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा र धितोपत्र बोर्डको अध्यक्षको नियुक्तीले तय गर्ने समेत दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।  

आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज २.२७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.११ प्रतिशत,विकास बैंक १.२१,होटल १.२४,हाईड्रो ०.४४,लगानी १.०५,जीवन बीमा ०.२३,लघुवित्त ०.१९,निर्जीवन बीमा १.२७,अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड समूह आज क्रमशः०.२३ र ०.३२ प्रतिशतले घटे ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५४ करोड ७ लाख बढीको कारोबार भयो । वेष्ट फाइनान्सको आज २५ करोड २९ लाख, नेपाल फाइनान्सको २० करोड ३१ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६४ लाख र हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज वेष्ट फाइनान्स,सुपर मादी हाईड्रो,कर्पोरेट डेभलपमेन्ट बैंक,स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतको हाराहारीले बढे ।  

विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज ८.५९ प्रतिशत,एनएलजी एन्स्योरेन्सको ७.४८ र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ७.२० प्रतिशतले बढ्यो ।  

यो दिन ङादी ग्रुप पावरको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ लोअर सर्किट लाग्यो । जानकी फाइनान्सको सेयरमूल्यमा ३.४६ र मध्य भोटेकोशी जलविद्युतको २.९० प्रतिशतले खस्कियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.