मंगलवार, आश्विन १३,२०८३ 07:00:26
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:00:26
Bizshala
Global IME Bank Limited

लगातार तेस्रो दिन पनि घट्यो सेयरबजार, जानकार भन्छन्, ‘पैसाको अभावले बजार बढ्न सकेको छैन’

Bizshala
लगातार तेस्रो दिन पनि घट्यो सेयरबजार, जानकार भन्छन्, ‘पैसाको अभावले बजार बढ्न सकेको छैन’
New Office

काठमाण्डौ । बुधबारको कारोबारमा पनि सेयरबजारमा गिरावट आएको छ । लगातार तेस्रो दिनपनि घट्ने क्रममा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४७० विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४२ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार बढ्नका लागि सबै पक्ष सकारात्मक हुँदाका वाबजुत पनि मार्केट माथि जान सकिरहेको छैन । अहिले मुख्यगरी बजारमा पैसाको अभाव देखिन्छ । सूचीकृत कम्पनीहरुको रिपोर्ट आउन सुरु भइसकेको छ, अबको केही समयपछि कम्पनीहरुले धमाधम लाभांश समेत घोषणा गर्छन् ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले थपे, ‘अवस्था हेर्दा बजारमा लगानी गर्ने समय हो, तर मार्केटमा पैसाको अभावले गर्दा बजार माथि जान सकिरहेको छैन । अहिले अण्डरभ्यालु स्टकहरु बजारमा प्रशस्तै भेटिन्छन् । प्रधानमन्त्री बालेन शाहले पूँजीबजारको लागि बोलेपछि केही दिन बढ्ला जस्तो गरेको बजार फेरी सेलाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले कामलाई तीव्रता नदिएको हो कि जस्तो देखिन्छ । नत्र बजार बढ्नका लागि सबै कुरा अहिले पोजेटिभ नै छ । मार्जिन ट्रेडिङ अब समयमै सुरु भयो भने बजार बढ्न सक्ने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.३१ र ०.४३ प्रतिशतले बढे ।

लघुवित्त समूह आज सर्वाधिक अर्थात ०.६० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२७ प्रतिशत, विकास बैंक समूह ०.४२, फाइनान्स ०.५७, होटल ०.५२, हाईड्रो ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, लघुवित्त ०.६०, निर्जीवन बीमा ०.५७ र व्यापार ०.०१ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज हिमालयन पावर पार्टनरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २२ करोड ४८ लाख बढीको सेयर कारोबार भयो । यस्तै  खानीखोला हाईड्रोको २१ करोड १७ लाख, रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ९१ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७५ लाख र सेन्ट्रल फाइनान्सको १६ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै स्नो रिभर्सको सेयरमूल्य पनि आज ४.९० प्रतिशत, खानीखोला हाईड्रोको ३.६२ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.३५ प्रतिशतले बढ्यो ।

यो दिन गरिमा समृद्धि योजनाको मूल्य सर्वाधिक अर्थात ६.६० प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.