सोमबार, भाद्र ९,२०८२ 11:52:40
  • सोमबार, भाद्र ९,२०८२ 11:52:40
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल र हिमालयन रि

Hyundai Nepal
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल र हिमालयन रि
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३१ प्रतिशतले बढेको छ । आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ भने ५ कम्पनीको घटेको छ । सर्वाधिक कमाउनेमा दुई पुनर्बीमा कम्पनी रहेका छन् । नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ५.१० प्रतिशतले बढेर १६२२.५० रुपैयाँ पुगेको छ भने हिमालयन रि को सेयरभाउ ३.३६ प्रतिशतले बढेर ९९७.०२ रुपैयाँ पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६१ प्रतिशत, एनएलजीको ०.६६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.२२ प्रतिशत, प्रभुको ०.५० प्रतिशत, आरबीसीएलको ०.४५ प्रतिशत, सानिमा जिआइसीको ०.५६ प्रतिशत, शिखरको ०.३५ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.२७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै एशियन लाइफको १.०६ प्रतिशत, सिटिजन लाइफको ०.२३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२९ प्रतिशत, हिमालयन लाइफको १.४० प्रतिशत, एलआइसी नेपालको ०.४० प्रतिशत, नेपाल लाइफको ०.४२ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२२ प्रतिशत, सूर्यज्योति लाइफको ०.६३ प्रतिशत, सन नेपाल लाइफको ०.४८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ ।

कम्पनीको सेयरभाउ १.३६ प्रतिशतले घटेर ५२५.२१ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेको इन्स्योरेन्सको ०.०१ प्रतिशत, सलिकोको ०.६३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.३२ प्रतिशत र आइएमई लाइफको ०.४५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.