बुधबार, चैत्र २०,२०८१ 03:37:01
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:37:02
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, ‘मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा लगानीकर्ता’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, ‘मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.१२ अंकले घटेर २ हजार ७३४.८३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ४८३.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  हिजो आजको कारोबार हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन् । लगानीकर्ताले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा कुरेको देखिन्छ । यस कारण राष्ट्र बैंक नीतिमा लचक हुनै पर्ने देखिन्छ । अन्यथा कमसल कम्पनीले चल्ने गर्छन् ।’

पाठकले वर्तमान समयमा पूँजी बजारमात्रै नभएर अन्य क्षेत्र समेत नचलेकाले गभर्नरले यस विषयमा मनन गर्नुपर्ने बताए ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले पनि बजारको अहिलेको अवस्था स्पष्ट नभएको र लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा रहेको बताए । ‘बजारमा तरलता फालाफाल भएतापनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले गति लिन नसकेको हो’ , उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.२० प्रतिशतले बढेर ३ हजार ७६५.५१ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक १.४७ प्रतिशत,हाईड्रो ०.८१ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.३७ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.०६ प्रतिशत, लगानी १.११, जीवन बीमा १.१९,उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त ०.३७, निर्जीवन बीमा १.२३ र अन्य समूह ०.८३ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ८६ लाख बढीको कारोबार भयो । यस्तै पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख,समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुल्स हाईड्रोको सेयरमूल्य १८ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशिल लघुवित्त,मकर जितुमाया सुरी हाईड्रो,पोखरा फाइनान्स,समृद्धि फाइनान्स, राँवा ईनर्जी र बलेफि हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा मात्रै लोअर सर्किट लाग्यो । समाज लघुवित्तको सेयरमूल्य आज ४.९३ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ४.०४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.