आईतवार, बैशाख ६,२०८३ 11:10:15
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, ‘मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा लगानीकर्ता’

Bizshala
नेप्सेमा दोहोरो अंकको गिरावट, ‘मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.१२ अंकले घटेर २ हजार ७३४.८३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ४८३.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  हिजो आजको कारोबार हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन् । लगानीकर्ताले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा कुरेको देखिन्छ । यस कारण राष्ट्र बैंक नीतिमा लचक हुनै पर्ने देखिन्छ । अन्यथा कमसल कम्पनीले चल्ने गर्छन् ।’

पाठकले वर्तमान समयमा पूँजी बजारमात्रै नभएर अन्य क्षेत्र समेत नचलेकाले गभर्नरले यस विषयमा मनन गर्नुपर्ने बताए ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले पनि बजारको अहिलेको अवस्था स्पष्ट नभएको र लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा रहेको बताए । ‘बजारमा तरलता फालाफाल भएतापनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले गति लिन नसकेको हो’ , उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.२० प्रतिशतले बढेर ३ हजार ७६५.५१ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक १.४७ प्रतिशत,हाईड्रो ०.८१ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.३७ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.०६ प्रतिशत, लगानी १.११, जीवन बीमा १.१९,उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त ०.३७, निर्जीवन बीमा १.२३ र अन्य समूह ०.८३ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ८६ लाख बढीको कारोबार भयो । यस्तै पोखरा फाइनान्सको २५ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख,समृद्धि फाइनान्सको २१ करोड १३ लाख र पिपुल्स हाईड्रोको सेयरमूल्य १८ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशिल लघुवित्त,मकर जितुमाया सुरी हाईड्रो,पोखरा फाइनान्स,समृद्धि फाइनान्स, राँवा ईनर्जी र बलेफि हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा मात्रै लोअर सर्किट लाग्यो । समाज लघुवित्तको सेयरमूल्य आज ४.९३ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ४.०४ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.