बुधबार, चैत्र २०,२०८१ 03:37:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:37:02
IME remit
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, ‘दीर्घकालिन लगानी बढ्दै’

Hyundai Nepal
झिनो अंकले बढ्यो नेप्से, ‘दीर्घकालिन लगानी बढ्दै’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात ३.१४ अंकले बढेर २ हजार ७४३.७४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.४१ प्रतिशतले घटेर ४५७.९८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले बजारमा ८–१० अर्बको कारोबार हुनुनै सकारात्मक पक्ष हो । किनकी यसले सेयर एक्युमुलेशन भएको बुझिन्छ र राष्ट्र बैंकको नीतिमा केही सहजता अपेक्षा पनि गर्न सकिन्छ । गभर्नरलाई यो अन्तिम अवसर भएकाले केही लचक नीति पनि आउन सक्ने आँकलन गर्न सकिन्छ ।’

पाठकले मुख्य कुरा नीति नै रहेको र नीतिमा लचक हुनुको विकल्प पनि नरहेकोमा जोड दिए ।  

अर्का बजार जानकार प्रकाश रजौरेले हिजोआजको कारोबारले बजारमा दीर्घकालिन लगानी बढेको संकेत गरेको बताए । ‘केही बैंकहरुले सेयर कर्जाका लागि मार्केटिङ गरेको देखिन्छ । अब लगानीकर्ताहरु मिड क्याप र हाई क्यापतर्फ सर्दै गरेका छन् । अहिले बजारमा लगानीकर्ता सेक्टर रोटेशन गर्दै लगानी गरिरहेका छन् । यस कारण नयाँ गभर्नर आउदै गर्दा बजारले सहजै ३२ सयको आँकडा पार गर्नसक्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूह सर्वाधिक बढ्यो। यो समूह आज ३.७७ प्रतिशतले बढेर ४ हजार ४२१ विन्दुमा पुग्यो ।  

यस्तै आज जीवन बीमा समूह २.४२ प्रतिशत,निर्जीवन बीमा ०.६४ र अन्य समूह ०.५७ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.८१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल ०.३१, हाईड्रो ०.७५,लगानी ०.३७,लघुवित्त ०.३० र म्युचुअल फण्ड समूह ०.४१ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ६६ लाख बढीको कारोबार भयो । हिमालयन रिको पनि आज ३८ करोड ३७ लाख, सिईडिबि होल्डिङको ३६ करोड ४९ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६ लाख र नारायणी डेभलपमेन्ट बैंकको १९ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ र विन नेपाल ललघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ९.१४ प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.३५ प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य आज ५.७८ प्रतिशत र दिब्यश्वरी हाईड्रोको सेयरमूल्य ४.१२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.