मंगलवार, आश्विन १३,२०८३ 06:59:08
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:59:08
Bizshala
Global IME Bank Limited

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक

Bizshala
लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ४४२.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै नेप्से पछिल्लो ६ कारोबार दिनपछि बढेको छ । आज कारोबार भने घटेको छ ।  अघिल्लो दिन भने ८ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आज बजार बढेपनि कारोबार भने बढ्न सकेन । बजेट नजिकिदै गर्दा समेत बजारले खासै गति लिन सकेको छैन । बजेटमा वृद्धभत्ताको उमेर बढाउने भनिएको छ र यसले सरकारको ढुकुटीमा दबाब परेको बुझ्न सकिन्छ । यस्तै बजेटमा करका दायराहरु समेत बढ्न सक्ने सम्भावना रहेको छ ।’

आज बजार बढेतापनि प्राविधिक रुपमा बजार २६७० विन्दुभन्दा माथि नलागिकन बजारले माथिको यात्रा लियो भन्न नमिल्ने उनले बताए ।  

अर्का बजार जानकार विनोद अर्यालले बजारमा आज नेप्से परिसूचक बढेतापनि कारोबारमा सुधार आउन नसकेको बताए । ‘यो भनेको लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भन्ने हो । गभर्नर र राजावादीहरुको आन्दोलनको विषयले लगानीकर्तामा यतिबेला अन्यौलता छाएको देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज २.०१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२८ प्रतिशत, फाइनान्स ०.७३,हाईड्रो १.०५,लगानी ०.७६,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.३८,लघुवित्त ०.२२,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा १.४१,अन्य ०.५५ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विदूत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ५१ करोड ७ लाख,हिमालयन रि इन्स्योरेन्सको ४१ करोड ७ लाख, ङादी ग्रुप पावरको २७ करोड ३९ लाख र युनिभर्सल पावरको २४ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।  

आज घट्ने एउटा मात्रै समूहको रुपमा होटल समूह रह्यो । होटल समूह आज १.०१ प्रतिशतले खस्कियो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सप्तकोशी डेभलपेमन्ट बैंक, ओम मेगा श्री फर्मास्युटिकल्स,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक र तेह्रथुम पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ९.३२ प्रतिशत,एनएलजी इन्स्योरेन्सको ७.६१ प्रतिशत र कुथेली बुखरी स्मल हाईड्रोको ५.३७ र मन्दाकिनी हाईड्रेको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेियरमूल्य आज १० प्रतिशतले घट्यो । बाराही हाईड्रोको सेयरमूल्य पनि आज ५.४६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ४.९३ र छ्याङदी हाईड्रोको सेयरमूल्य ४.४० प्रतिशतले ओरालो लाग्यो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.