आईतवार, बैशाख ६,२०८३ 11:10:14
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार करिब २० अंकले घट्यो, एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो

Bizshala
सेयरबजार करिब २० अंकले घट्यो, एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.७६ प्रतिशत अर्थात १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४८.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४५ वटा स्क्रिप्टको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार यसरी घटिहाल्नुपर्ने त्यस्तो कुनै कारण छैन । फन्डामेन्टल रुपमा हेर्दा बजार बढ्ने राम्रो आधार छ, समग्र आर्थिक सूचकहरु बलिया छन्, तर बजारले किन लय लिन सकिरहेको छैन, म पनि अन्योलमा छु । अहिले लाभांश सिजन चलिरहेको छ, धमाधम सूचीकृत कम्पनीहरुले राम्रै लाभांश प्रस्ताव गरिरहेका छन् तर लगानीकर्ताहरु आकर्षित देखिँदैनन् । आखिर लगानीकर्ताहरु के कुराको अपेक्षा गरिरहेका छन् त्यो नै थाहा भएन । अहिले बजार माथि जान नदिनुको मुख्य कारण भनेकै ट्रेडर र प्राविधिक विश्लेषकहरु हाबी हुनु हो । बजारमा जति पनि कारोबार भइरहेको छ, त्यो सबै ट्रेडरहरुबाट भएको कारोबार हो ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले थपे, ‘साथै प्राविधिक विश्लेषकहरुले पनि विभिन्न कम्पनी र समग्र बजारबारे भ्रामक कुराहरु गर्दा बजार झनै तल झरिरहेको बुझ्न सकिन्छ । नत्र अहिले यो समय भनेको सेयर किन्ने समय हो । दीर्घकालिन लगानी गर्ने लगानीकर्ताहरुले यो समय किन्नका लागि उचित हुँदाका बाबजुत पनि विभिन्न कारणले सेयर किन्न सकिरहेका छैनन् । बजार बढ्नुपर्ने थुप्रै आधारहरु छन् । मार्केटलाई बढ्न त्यस्तो ठूलो दबाब छैन । भोलि सामान्य अंकले बढ्न सक्छ र विस्तारै बजार फर्किन्छ भन्ने आशा छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात १.६३ प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक १.४२, फाइनान्स १.३८, लगानी ०.६३, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०.६७, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार समूह १.०१ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज स्वस्तिक लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै बाराही हाईड्रोको ११ करोड ९० लाख, सन नेपाल लाइफको ११ करोड ४० लाख, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख र नेपाल लाइफको १० करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एसवाई प्यानल र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ मा अपर सर्किट लाग्यो ।  

यस्तै आज तेह्रथुम पावरको सेयरमूल्य ८.२० प्रतिशत, मानुषी लघुवित्तको ८.१४ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.५७ प्रतिशतले बढ्यो ।

यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। नारायाण्मी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ७.५५ प्रतिशत, अपर स्याङ्गे हाईड्रोपावरको ७.४५ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.६४ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.