बुधबार, माघ ९,२०८१ 12:27:56
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:27:56
IME remit
Global IME Bank Limited

नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘बलियो सपोर्ट जोनबाट छिट्टै रिभर्सल हुनसक्छ’

Hyundai Nepal
नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘बलियो सपोर्ट जोनबाट छिट्टै रिभर्सल हुनसक्छ’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज गिरावटका साथ साताको सुरुवात गरेको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ४४३.०८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

आजको बजारबारे नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी भन्छन्,  ‘ठूलो अंकले घटिरहेको बजार आज सामान्य अंकले घट्नुलाई बजार क्रमशः घट्न रोकिदै गरेको भन्न सकिन्छ । यसकारण बजार एक–दुई दिनमा रिभर्सल हुन सक्छ ।’

अधिकारीले आज फर्कने प्रयास गरेको बजार अन्त्यमा सामान्य अंकले घटेको बताए । यस्तै उनले म्युचुअल फण्डहरुले लगानी बढाउँदै गरेको र सेयर कर्जा पनि बढेको कारण लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।  

यस्तै यो समय भनेको सेयर खरिद गर्ने बेला भएकाले लगानीकर्ता डराउनु नपर्ने उनले दाबी गरे ।  

अर्का बजार जानकार सुमन कुमार रिजाले पनि स्मार्ट मनी बजार प्रवेश गर्दै गरेको र बजार २५८० विन्दुभन्दा तल नजाने बताए । ‘प्राविधिक रुपमा यो बलियो सपोर्ट रहेको, पुसमसान्तको दबाब सकिदै गएको र संस्थागत लगानीकर्ता बजार प्रवेश गरिरहेका कारणले छिट्टै रिभर्सल लिन सक्छ,’उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह १.५७ प्रतिशत र हाईड्रो समूह ०.६५ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०५ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.८७ प्रतिशत, वित्त १.४९, होटल ०.०१,लगानी १.१८,जीवन बीमा ०.८१,लघुवित्त ०.३९,म्युचुअल फण्ड ०.३५,निर्जीवन बीमा ०.८२,अन्य ०.३७ र व्यापार समूह १.३५ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन रिभर फल्स पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ३ लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको पनि आज १२ करोड ९९ लाख,पिपुल्स पावरको ८ करोड २९ लाख,नेपाल फाइनान्सको ८ करोड २९ लाख र भूगोल इनर्जीको ७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स,बाराही हाईड्रोपावर,न्यादी हाईड्रोपावर,सुपर मादि हाईड्रोपावर र पिपुल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मानुषी लघुवित्तको सेयरमूल्य पनि आज ७.८० प्रतिशत,घोराही सिमेन्टको ७.२३ र चिरख्वा हाईडोको सेयरमूल्य ६.३४ प्रतिशतले बढ्यो ।  

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ६.४० प्रतिशतले घट्यो । माया खोला हाईड्रोको सेयरमूल्य आज ६.१२ प्रतिशत,गरिमा विकास बैंकको सेयरमूल्य ४.५२ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.