बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
Global IME Bank Limited

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’

Hyundai Nepal
नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आज नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘अघिल्लो दिन १०० अंक बढीको बढेको बजारमा आज करेक्सन आएको छ । बजार अब दशैंको दबाब पनि सकिए जस्तो देखिन्छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको रिपोर्ट आउँदैछ र मौद्रिक नीतिको समीक्षा पनि केही लचक आउने सम्भावना भएकाले बजार सम्हालिने छ । ’

अघिल्लो दिनको तुलनामा बजार घट्दा कारोबार पनि घट्नुलाई सामान्य मान्न सकिने उनले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले पनि आजको सेयर बजाको घटाईलाई स्वभाविक भएको बताए । ‘अघिल्लो दिन ठूलो अंकको वृद्धि आएकाले आजको बजारको गिरावटलार्इ  सामान्य रुपमा लिन सकिन्छ । आजसम्म सेयर बेच्नेले दशैं अघि नै पैसा पाउने भएकाले पनि आज बजारमा बिक्री दबाब परेको हो, ’उनले भने ।  

यही कारण बजारमा लगभग बटम लागेको कंडेलले दाबी गरे ।  

  यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबैमा गिरावट छायो । आज वित्त समूह १.७५ प्रतिशतले बढ्यो ।  

यस्तै आज निर्जीवन बीमा समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.८२ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७१ प्रतिशत, विकास बैंक १.३८,होटल १.७९,हाईड्रो १.७४,लगानी १.५२,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन १.७९,लघुवित्त १.१२,म्युचुअल फण्ड ०.४१,अन्य ०.०३ र व्यापार समूह १.१८ प्रतिशतले घट्यो ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ७१ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको आज १७ करोड ३१ लाख, गुडविल फाइनान्सको १५ करोड ९६ लाख,नेपाल बैंकको १५ करोड २७ लाख र शिवम् सिमेन्टको १३ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रिस्टार हाईड्रोको र स्वरोजगार लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन इष्टर्न हाईड्रोको सेयरमुल्य ९.४५ प्रतिशत,अपर हेवाखोला हाईड्रोको ८.०२ र नेपाल वेयरहाउजिङको ७.७६ प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्त सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । यस्तै न्यादी हाईड्रोको सेयरमूल्य ९.२० प्रतिशत,मिड सोलु हाईड्रोको ७.३१ र अपर सोलु हाईड्रोको ७.२३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.