बिहीबार, भाद्र १२,२०८२ 06:50:41
  • बिहीबार, भाद्र १२,२०८२ 06:50:41
Global IME Bank Limited

नेप्सेमा ३८ अंकको गिरावट, जानकार भन्छन्, ‘चाडपर्वको प्रभाव देखिन सुरु’

Hyundai Nepal
नेप्सेमा ३८ अंकको गिरावट, जानकार भन्छन्, ‘चाडपर्वको प्रभाव देखिन सुरु’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशत अर्थात ३७.१० अंकले घटेर २ हजार ७८२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले घटेर ४७७.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्,  ‘बजारमा बिस्तारै चावपर्वको प्रभाव देखिन थालेको छ । साना लगानीकर्ताहरुले लामो समय सेयर होल्ड गर्न नसक्दा र साँवा मात्रै भएपनि निकालेर बजारबाट बाहिरिदा त्यसको प्रभाव बजारमा परेको हो ।’

उनले दशैं–तिहारसम्म बजार साइडवेज नै चल्न सक्ने आँकलन गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि लगानीकर्ताको मनोबल कमजोर बन्नु, छाटो समयमा नाफा बुक गर्नु, बजारमा नयाँ पैसा नआउनु र बैंकलाई लगानी गर्न नदिनु जस्ता कारणले बजार घटेको बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात २.४३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.८६ प्रतिशत, फाइनान्स १.८३, होटल १.६८, हाईड्रो १.४३, लगानी १.५५, जीवन बीमा १.५४, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त १.३९, निर्जीवन बीमा ०.०७, अन्य १.७१ र व्यापार समूह ०.६८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ६० करोड ६९ लाख, हिमालयन डिष्ट्रिलरीको ३५ करोड ४ लाख, शिवम् सिमेन्टको २२ करोड ४२ लाख र युनाइटेड मोदी हाईड्रोको १९ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । विकास हाईड्रोको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो ।

यस्तै मैलुङखोला जलविद्युतको सेयरमूल्य ३.६२ प्रतिशत, थ्रिस्टार हाईड्रोपावरको ३.४१ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.१९ प्रतिशतले बढ्यो ।  

ओरियन्टल होटल आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीका लगानीकर्ताले आज ४.७१ प्रतिशत गुमाए ।  

यो दिन लुम्बिनी विकास बैंकको सेयरमूल्य ४.१८ प्रतिशत, साङग्रिला डेभलपमेन्ट बैंकको ३.८७ र सिक्लेस हाईड्रोपावरको सेयरमूल्य ३.८० प्रतिशतले घट्यो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.