आईतवार, बैशाख ६,२०८३ 11:14:10
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:14:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज पनि दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बुलभित्रको करेक्सन’

Bizshala
आज पनि दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बुलभित्रको करेक्सन’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २५.१६ अंकले घटेर २ हजार ८२१.१३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ४६९.५६ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘केही दिनदेखि बढेको बजारमा आजको गिरावट नाफा बुक मात्रै हो । राम्रा कम्पनीहरुमा एक्युमुलेशन चलिरहेको छ । घट्दै–बढ्दै अघि बढ्ने बजार नै दीर्घकालमा मजबुत रहन्छ । अहिले बजार ठूलो अंकले घट्नु पर्ने कुनै पनि कारण छैन ।’

रौनियारले अहिले बजारमा सस्तो ब्याजदर र प्रयाप्त तरलता रहेको समेत बताए । अब बैंकिङ क्षेत्रपनि सम्हालिदै अघि बढ्ने भएकाले समग्र बजारमा समेत सकारात्मक प्रभाव देखिने उनले बताए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फल्लेलले पनि आजको बजारको घटाईलाई सामान्य नाफा बुक भएको बताए । ‘यो बुल भित्रकै स्वभाविक करेक्सन हो । बजार घट्दा कारोबार पनि घटेकाले बजारमा प्यानिक सेल नरहेको जनाउछ ।’

उनले बजार केही दिनभित्रै सम्हालिने विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.४३ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.०४ प्रतिशत,विकास बैंक १.३१, होटल १.०५, हाईड्रो ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन तथा प्रशोधन ०.९४,लघुवित्त ०.५०,म्युचुअल फण्ड ०.१५,निर्जीवन बीमा १.५१ र अन्य समूह ०.७६ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९६ करोड ७० लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ९० करोड ३१ लाख, सगरमाथा जलविद्युतको ३० करोड ७९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज समाज लघुवित्त,गार्डियन माइक्रो लाइफ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मोउन्टेन हाईड्रोको सेयरमूल्य आज ८.८२ प्रतिशत र गुराँल लघुवित्तको सेयरमूल्य ७.४२ प्रतिशतले बढ्यो ।  

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो बैंकको सेयरमूल्य आज ६.८४ प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ५.५१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ४.७५ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.