आईतवार, बैशाख ६,२०८३ 11:13:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:13:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार ३१.१२ अंकले वृद्धि, फाइनान्स समूहमा आकर्षण

Bizshala
सेयरबजार ३१.१२ अंकले वृद्धि, फाइनान्स समूहमा आकर्षण
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.१७ प्रतिशत अर्थात ३१.१२ अंकले बढेर २ हजार ६७२.५५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ४५९.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३८ वटा स्क्रिप्टको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘आजको बजार बढ्नुको मुख्य कारण नेपाली कांग्रेस पार्टी टुक्रिएको र गगन थापाको पक्षमा फैसला हुँदा लगानीकर्ताहरु उत्साहित भएका हुन् । साथै मंगलबार सर्वोच्चले थापाकै पक्षमा फैसला गर्यो भने बजार ३ हजार २८ सय माथि जान्छ भन्ने आाम लगानीकर्ताहरुको आशा छ । बजार अहिले एक लेभल माथि आइसकेको छ । लगानीकर्ताहरु नयाँ स्टकहरुमा आकर्षित देखिएका छन्, जसकारण आज भोल्युम पनि उल्लेख्य बढेको देखिन्छ । यदि चुनाव समयमै हुने हो भने बजार अझै माथि जाने सम्भावना छ । यदि बजारमा १८–२० अर्बको कारोबार हुने हो भने नेप्से सूचक ३ हजार वा ३२ सय विन्दुमाथि जान सक्ने सम्भावना रहन्छ ।’

त्यस्तै, अर्का बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘पुष मसान्तको दबाब सकिने बित्तिकै बजार राम्रो बढेको छ । यो बजार बढ्नु स्वभाविक पनि हो । बजार बढ्नका लागि त्यस्ता नकारात्मक पक्षहरु केही छैनन् । चुनावी माहोल छ, समयमै चु्नाव हुने हो भने लगानीकर्ताहरु अझै उत्साहित हुनेछन् र बजार माथि जान्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स  समूह सर्वाधिक अर्थात ५.७३ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ३.०३ प्रतिशत, होटल २.०२, हाईड्रो ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, लघुवित्त १.३१, म्युचुअल फण्ड ०.५१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज मन्जुश्री फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५३ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ३७  करोड ३९ लाख, श्रीनगर एग्रीटेकको २८ करोड ४५ लाख, बन्दीपुर केवलकारको २५ करोड ८३ लाख र राधी विद्युतको २४ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका चारवटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज सागर डिस्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक र गोर्खाज फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यसैगरी, आज सेन्ट्रेल फाइनान्सको सेयरमूल्य ८.८८, गुराँस लघुवित्तको ८.८६ र बन्दिपुर केवलकारको ७.४७ प्रतिशतले सेयरमूल्य बढ्यो ।

थ्रीस्टार हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.७८ प्रतिशतले घट्यो। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.