शुक्रबार, बैशाख ११,२०८३ 05:31:11
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 05:31:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य वृद्धि, जानकार भन्छन्, ‘सरकारी रवैयाका कारण अन्यौलमा लगानीकर्ता’

Bizshala
सेयरबजारमा सामान्य वृद्धि, जानकार भन्छन्, ‘सरकारी रवैयाका कारण अन्यौलमा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अआज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६८.०७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो दिन भने ५ अर्ब ९ करोड बढीको सेयर कारोबार भएको थियो ।  

बजार जानकार सुवास भट्टराई भन्ट्टराई भन्छन्, ‘पछिल्लो समय बजारलाई लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रभाव पारिरहेको छ । सरकारले निजी क्षेत्रका व्यवसायीमाथि गरेको कारबारहीका कारण सेयर लगानीकर्ताहरुमा अन्योलता सिर्जना गरेको छ । अहिले बजारमा कारोबार बढ्न नसक्नुमा पनि ठूला सेयर लगानीकर्ताहरु सक्रिय रुपमा नलाग्नु हो । सरकारले जसरी सेयरबजारमा अन्तिम पावर मानिने ठूला व्यवसायी वा लगानीकर्तालाई पक्राउ गरिएको छ, त्यसले बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ । सरकारले त्यसरी प्रक्राउ गर्नुको सट्टा उचित छानबिन गरी कति रकम अपचलन गरिएको छ, त्यो रकमको दोब्बर रकम आर्थिक जरिवाना भराउने व्यवस्था गरे सरकारलाई पनि राजश्वमा सहयोग पुग्थ्यो र पूँजीबजारलाई पनि प्रभाव पर्ने थिएन ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले थपे, ‘अहिले ‘आधा कागती देख्दा सबैको मुखमा पानी आउँछ’ भनेजस्तै लगानीकर्तालाई त्यहि किसिमको डर पैदा भएको छ । सरकारले पनि योसँग सम्बन्धित नीति ल्याउन आवश्यक छ । अहिले अर्थमन्त्रीले समेत सेयरबजारको विषयमा केही नबोलेका कारण बजारले गति लिन सकिरहेको छैन । आम सेयर लगानीकर्ताहरु अब आगामी बजेटको प्रतिक्षामा सीमित छन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह समूह सर्वाधिक अर्थात ०.६६ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.२२, विकास बैंक ०.२२, होटल ०.३२, हाईड्रो ०.२५ र व्यापार समूह ०.५८ प्रतिशतले बढ्यो ।

आज अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.०२ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.६२ प्रतिशत, लगानी ०.०२, जीवन बीमा ०.२६, लघुवित्त ०.३५, म्युचुअल फण्ड ०.०१, र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो । 

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावर कम्पनीको सर्वाधिक अर्थात २७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी, रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ९२ लाख, नेशनल हाईड्रोपावरको २४ करोड ४४ लाख, सोलु हाईड्रोपावरको २३ करोड ७८ लाख र आँखुखोला जलविद्युतको २० करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माईखोला हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १२.६२ प्रतिशत, श्रीनगर एग्रीटेकको ४.९१ र रिज लाइन इनर्जीको सेयरमूल्य ३.२९ प्रतिशतले बढ्यो ।  

यो दिन मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ३.५० प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.