Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:14:31
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको सुधार, ‘बजारलाई कारोबार र भोल्युमको सपोर्ट’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको सुधार, ‘बजारलाई कारोबार र भोल्युमको सपोर्ट’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १३.५१ अंकले घटेर २०८३.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ३७१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘भोल्युमसहितको आजको वृद्धिलाई सकारात्मक रुपमा लिन सकिन्छ । आगामी कारोबारमा पनि आजको जस्तै भोल्युमसहित परिसूचक पनि बढेमा बजार पुनः२२ सय सम्म पुग्न सक्ने देखिन्छ ।’

रिजालको विचारमा असार मसान्तको प्रभाव भने अहिले नै नपर्ने देखिन्छ ।  

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘बजेट पछि केहि दिन बजार घट्यो । लगानीकर्ताले बजेटमार्फत सेयर बजारका लागि केहि व्यवस्था हुने अपेक्षा गरे अनुरुप बजेट नआएपछि बजार घटेको थियो । त्यसपछि लगानीकर्ताले उधारोमा खरिद गरेको सेयरमा बिक्री गर्दा बजारमा बिक्री दबाव आएको थियो ।’

आजबाट भने लगानीकर्ता फेरी बजार प्रवेश गरेकाले बजारमा सुधार आएको उनले बताए । ‘असार महिनामा म्युचुअल फण्डहरुले पनि न्याभ सकारात्मक राख्नुपर्ने भएकाले असार महिनाको दबाव खासै नपर्ने देखिन्छ ।’ उनले भने ।  

असार महिनामा ब्याज खर्चका लागि साढे २ अर्ब जति पैसा जाने देखिएको उनले दाबी गरे । यद्यपी ४ अर्बमाथिको भोल्युम आएको खण्डमा ब्याजको दबाव नपर्ने पाठकको तर्क छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा उछाल आएको छ । यो समूह आज ६.५६ प्रतिशतले बढ्यो ।  

CG Motors
Bizshala
Garima Development Bank

त्यस्तै बैंकिङ समूह १.११, विकास बैंक ०.२२, वित्त २.१७,होटल ०.४६,हाईड्रो १.२६,जीवन बीमा ०.७७,लघुवित्त ०.५२,निर्जीवन बीमा ०.६७ र अन्य समूह ०.९६ प्रतिशतले बढ्यो ।  

आज लगानी समूह ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन २.४० र म्युचुअल फण्ड समूह ०.०५ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको आज २२ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको १८ करोड ७० लाख,फर्स्ट माईक्रोफाइनान्सको १४ करोड ७ लाख,अपर लोहोरे खोलाको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ८.८५ प्रतिशत,अपर सोलु हाईड्रोको ८.४८ र माई खोला हाईड्रोको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो ।  

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ९.१३ प्रतिशतले घट्यो । यो दिन युनिलिभर कम्पनीको सेयरमूल्य ७.८८ प्रतिशतर पोखरा फाइनान्सको सेयरमूल्य ५.२५ प्रतिशतले घट्यो ।    

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.