बिहीबार, भाद्र १८,२०८३ 04:42:59
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 04:42:59
Bizshala
Global IME Bank Limited

सेयरबजार लगातार तीन दिन बढ्यो, जानकार भन्छन्, ‘घट्न रोकिएको रुपमा बुझ्न सकिन्छ’

सेयरबजार लगातार तीन दिन बढ्यो, जानकार भन्छन्, ‘घट्न रोकिएको रुपमा बुझ्न सकिन्छ’
New Office

काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४९.५० विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ९४ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘लगातार घटेको बजारमा केही दिनयता सुधार देखिएको छ, तर यसलाई बजार बढेको भन्दा पनि घट्न रोकिएको मात्रै बुझ्न सकिन्छ । भदौ १० गते आएको भीषण बाढीका कारण क्षति भएका केही हाइड्रोपावरले गर्दा समग्र हाइड्रो सेक्टरलाई नै धक्का पुगेको थियो । अधिकांश कम्पनीको सेयरभाउ घटेर बटम जोनमा पुगेकाले दुईतिन दिनयता   बाउन्स ब्याक मात्रै देखिएको हो । बजार एउटा बेस मार्कबाट थामिएको मात्रै बुझ्न सकिन्छ ।’

उनले थपे, ‘बजारमा अझै कारोबार मात्रा बढ्न सकेको छैन । यसले लगानीकर्ताहरु अझै पनि ‘पर्ख र हेर’कै अवस्थामा छन् भन्ने बुझिन्छ । यस्तो अवस्थामा पछिल्लो समय सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरु म्यानुपुलेट गर्न लागिपरेका छन् । बजारमा प्यानिक अवस्था त छदैछ त्यसमाथि सामाजिक सञ्जालहरुमा म्यानुपुलेसनका कारण लगानीकर्ताहरु बजारमा आउन डराइरहेका छन् । बजारमा हुने एक्युमुलेसन जस्ता अवस्थाले लगानीकर्ताको मनोबल अझै घटाउने देखिन्छ ।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबैमा हरियाली छायो। आज लगानी समूह सर्वाधिक अर्थात १.२६ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.२०, होटल ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.२७, म्युचुअल फण्ड ०.१७ र व्यापाार १.०९ प्रतिशतले बढे।  

आज अन्य समूह सर्वाधिक अर्थात ०.३६ प्रतिशतले घट्यो । यस्तै फाइनान्स समूह ०.३४, हाईड्रो ०.२३ र निर्जीवन बीमा समूह ०.२८ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४० करोड ९० लाख बढीको सेयर कारोबार भयो । यस्तै सानिमा मिडिल तमोरको १३ करोड ३२ लाख, सोलु हाईड्रोको १२ करोड ८६ लाख, शिवम् सिमेन्टको ११ करोड ५० लाख र माउन्टेन इनर्जीको सेयरमूल्य ९ करोड ९६ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.७६ प्रतिशतले बढ्यो ।

यस्तै चिरख्वा हाईड्रोको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ र मायाखोला हाईड्रोको सेयरमूल्य ७.८४ प्रतिशतले बढ्यो ।

यो दिन पियोर इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात १३.३३ प्रतिशतले घट्यो । यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.७६ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.