बुधबार, भाद्र २५,२०८२ 10:20:22
  • बुधबार, भाद्र २५,२०८२ 10:20:22
Global IME Bank Limited

दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली

Hyundai Nepal
दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बढोत्तरी भएको छ ।  

आज नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५० अंकले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको हो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेर ४४४.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत दुई महिनाकै उच्च हो । यसअघि गत मंसिर १७ मा १० अर्ब ५४ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डे भन्छन्,  ‘आज बजारमा कारोबार र सूचक दुवैमा सुधार आएको छ । यसले बजारमा सकारात्मक माहोल बन्दै गरेको बुझिन्छ । बजारमा तरलता अधिक हुनु, नयाँ स्टक एक्सचेञ्जको चर्चा हुनु र पुस मसान्तको दबाब सकिनु जस्ता विषयले अब बजार २६ सय विन्दु तल जाँदैन भन्ने निश्चित भएको छ ।’

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि सहज तरलता हुनु र हालको गर्भनरको बहिर्गमन र नयाँ गभर्नरको आगमनले बजारमा नयाँ आशा पलाउने बताए । ‘सेयर बजार प्राय्रः सेन्टिमेन्टमा चल्ने भएकाले यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक बढ्यो। यो समूह आज ४.०७ प्रतिशतले बढेर ५ हजार ८६४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.२२ प्रतिशत,फाइनान्स १.८८,होटल ०.६८,हाईड्रो १.४९,लगानी १, जीवन बीमा ०.०८,उत्पादन तथा प्रशोधन १.२३,लघुवित्त ०.४८,म्युचुअल फण्ड ०.१२,निर्जीवन बीमा ०.२८,अन्य १.७४ र व्यापार समूह ०.२४ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड १२ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २९ करोड ३ लाख, एनआरएन इ्रन्फ्रास्ट्रक्चरको २८ करोड ८७ लाख, हिमालयन पावर पार्टनरको १९ करोड ४४ लाख र ङादी ग्रुप पावरको १७ करोड ५९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त, सिक्लेस हाईड्रोपावर, थ्रिस्टार हाईड्रोपावर, जानकी फाइनान्स, न्यादी हाईड्रोपावर र सामुदायिक लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन दोल्ती पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य आज ८.४३ प्रतिशतले घट्यो । सप्तकोशी डेलभपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.६३ प्रतिशत र भूगोल इनर्जीको २.८७ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.