आईतवार, आश्विन ६,२०८१ 10:25:31
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:25:31
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘करेक्सन फेजले बजारको जग बलियो बन्दै’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘करेक्सन फेजले बजारको जग बलियो बन्दै’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३६.८३ अंकले घटेर २ हजार ७४९.५७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६७ प्रतिशतले घटेर ४८९.७९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता सेयर १२ अर्ब २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  बजार सधैंभरी बढेको बढ्यै नगर्ने र सधैं घटेको घट्यै नगर्ने भएकाले विगत केही समयदेखिको बजारको गिरावटबाट आत्तिनु पर्ने अवस्था छैन । अहिले नीतिगत सहजता कायमै रहेको छ र बैंकहरुको ब्याजदर पनि कमै छ । बजारले किन्न छुटेका लाई पनि लिएर फेरि गति लिन्छ ।’

हिजो आजको कारोबारमा भोल्युम ड्राई भएकाले करेक्सन फेज सकिन लागेको अनुमान लगाउन सकिने उनले बताए । आउने सातामा भने बजार सम्हालिदै माथितर्फ लाग्ने पाठकले विश्वास व्यक्त गरे । उनले भने,‘परिसूचकमा आईरहेको गिरावटले बजारको जग थप मजबुत बन्दै गएको छ । ’  

अर्का बजार जानकार नीमानन्द कँडेल पनि करिब १ हजार अंकले बढेको बजारमा आएको करेक्सन स्वभाविक भएको बताउँछन् । ‘उधारो सेटलमेन्ट गर्नेहरुले बिक्री दबाब दिदा अहिले पनि बजार करेक्सन फेज मै छ । केही समय साइडवेज चलेर २७ सय कै आसपासबाट बजारले पुनः गति लिनेछ,’ उनले भने ।    

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबैमा समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड ०.१० प्रतिशतले बढ्यो ।  

यस्तै आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज २.०९ प्रतिशतले घट्यो । बैंकिङ सम्रूह आज १.८१ र विकास बैंक १.१२, वित्त ०.९४,होटल १.८१,हाईड्रो ०.१३,लगानी ०.९९,उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त २.०१,निर्जीवन बीमा १.८८,अन्य ०.५२ र व्यापार समूह ०.६९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड ४० लाख बढीको सेयर कारोबार भयो । यस्तै अपि पावर कम्पनीको ३६ करोड ५२ लाख,हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ५५ लाख,राधि विद्युतको ३१ करोड ४५ लाख र नेपाल फाइनान्सको ३० करोड ४४ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रसुवागढी हाईड्रो र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मिड सोलु हाईड्रोको ८.४८ प्रतिशत,मितेरी डेभलपमेन्ट बैंकको ७.९९ प्रतिशत,पिपुल्स पावरको सेयरमूल्य ७.६२ प्रतिशत,रसुवागढी हाईड्रोपावरको ५.४८ र राधि विद्युत कम्पनीको सेयरमूल्य ४.८७ प्रतिशतले बढ्यो ।  

यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । विन नेपाल लघुवित्तको सेयरमूल्य आज ५.८४ प्रतिशत,एनआराएन इन्फ्रास्ट्रक्चरको ५.०८ र तारागाँउ रिजेन्सीको सेयरमूल्य ४.९९ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.