आईतवार, आश्विन ६,२०८१ 10:27:54
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:27:54
IME remit
Global IME Bank Limited

१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल र हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए

Hyundai Nepal
१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल र हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह बृद्धि भएको छ भने निर्जीवन बीमा समूह घटेको छ । जीवन बीमा समूह ०.५८ प्रतिशत बढ्दा निर्जीवन बीमा समूह भने ०.३६ प्रतिशतले घटेको छ । आज १६ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स रहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

नेपाल रि को सेयरभाउ ७.०३ प्रतिशतले बढेर ८३९.१० रुपैयाँ पुगेको छ भने हिमालयन रि को सेयरभाउ ५.६७ प्रतिशतले बढेर ६९५.३० रुपैयाँ पुगेको छ । यसका साथै एलआइसी नेपालको ३.६६ प्रतिशत, आइएमई लाइफको १.३९ प्रतिशत, सानिमा जिआइसीको १.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८१ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५५ प्रतिशत, सन नेपाल लाइफको ०.५२ प्रतिशत, हिमालयन लाइफको ०.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४४ प्रतिशत, हिमालयन एभरेष्टको ०.४३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३० प्रतिशत, युनाइटेड अजोडको ०.२९ प्रतिशत, एशियन लाइफको ०.२८ प्रतिशत र सुर्यज्योति लाइफको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ २.१९ प्रतिशतले घटेर १७ हजार ९०० कायम भएको छ । यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.६२ प्रतिशत, नेपाल लाइफको ०.६० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.११ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरमूल्य घटेको छ । सेयरभाउ बढेसँगै आज दुई पुनर्बीमा कम्पनीकै सर्वाधिक कारोबार भएको छ । हिमालयन रि को ६० करोड १० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.