बुधबार, चैत्र २०,२०८१ 03:20:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:20:19
IME remit
Global IME Bank Limited

सेबोनमा नयाँ अध्यक्ष आएसँगै बढ्यो सेयर बजार, कारोबार र सूचक दुवैमा सुधार

Hyundai Nepal
सेबोनमा नयाँ अध्यक्ष आएसँगै बढ्यो सेयर बजार, कारोबार र सूचक दुवैमा सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै आज नेप्से परिसूचक १.२४ प्रतिशत अर्थात ३३.४१ अंकले बढेर २ हजार ७१६.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर ४७७.५७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब ३४ करोड बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आज सेयर बजार बढ्नुको मुख्य कारण भनेकै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती हुनुले हो । यतिबेला अर्थ मन्त्रालय केही सक्रिय भए जस्तो देखिन्छ । अब मौद्रिक नीतिको समीक्षा पनि आंशिक रुपमा केही लचिलो आएपनि बजारले गति लिने देखिन्छ ।’

थापाका अनुसार प्राविधिक रुपमा पनि बजार ट्रेण्ड लाइनको सपोर्ट लाइनबाटै फर्केको देखिन्छ । यही कारण आजको बढोत्तरीले बजार सकारात्मक नै रहेको र आगामी कारोबारमा २७८० विन्दु ब्रेक गरेर अघि बढेमा बजारले नयाँ उचाई समेत चुम्न सक्छ ।’ उनले भने ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि आजको बढोत्तरी स्वभाविक भएको प्रतिक्रिया दिए । ‘धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीले बजार बढ्ने सबैले अपेक्षा गरेका थिए । आज बजार बढ्नुको अर्को कारण भनेको प्राविधिक रुपमा पनि करिब करिब करेक्सन सकिनु हो । ’

यस्तै सरकारले सुनमा कर घटाउदा सुनका लगानीकर्ता सेयर बजारमा फर्किएको हुन सक्ने पनि उनले अनुमान गरे । यदि बजार २७८० भन्दा माथि लागेमा बजार नयाँ उचाईतर्फ लाग्ने समेत उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज १.९७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.२० प्रतिशत, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल ०.६४,लगानी १.१३,जीवन बीमा १.०२,उत्पादन तथा प्रशोधन १.०८,लघुवित्त ०.८५, म्युचुअल फण्ड ०.२३, निर्जीवन बीमा ०.८१,अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशतले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड ७८ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको आज ३३ करोड ६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ८३ लाख,कर्णाली डेभलपमेन्ट बैंक २५ करोड ६७ लाख र जानकी फाइनान्सको २२ करोड ४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स,युनाइटेड इदी मर्दी,कुथेली बुखरी स्मल हाईड्रो र मिथिला लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अपर हेवा खोला हँईड्रोको सेयरमूल्य पनि आज ८.८० प्रतिशत,माया खोला हाईड्रोको ८.६५ र अपर सोलु हाईड्रोको सेयरमूल्य ७.९६ प्रतिशतले बढ्यो ।  

यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्मा लोअर सर्किट लाग्यो । यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.४५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ८.१२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.