सोमबार, फाल्गुन ४,२०८२ 06:13:27
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:13:27
Bizshala
Global IME Bank Limited

सेयर बजारको गिरावट आजपनि जारी, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

सेयर बजारको गिरावट आजपनि जारी, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.८१ प्रतिशत अर्थात २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ४४८.२५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ५ अर्ब ३३ करोड ४४ रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘लगानीकर्ताहरुमा अझैपनि चुनाव हुने हो या नहुने भन्ने भय व्याप्त छ । आम लगानीकर्ताहरुमा मनोबल उच्च हुन नसक्दा बजारले लय समात्न सकिरहेको छैन । साथै, अहिले लाभांश सिजनमा सूचीकृत राम्रा कम्पनीहरुले पनि अपेक्षा गरेअनुसार र क्षमताअनुसारको लाभांश नदिदा लगानीकर्ताहरुको मनोबल खु्म्चिएको छ । अहिले राजनीतिक अस्थिरताले गर्दा पनि एक लेभलको मार्केट तल झर्न पुगेको छ । बजार अब विस्तारै लगानीकर्तामा कन्फिडेन्ट बढेमा मात्रै एक लेभल माथि उक्लिन सक्छ ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै अर्का बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘अघिल्लो साता बजार बढ्दा नेप्से परिसूचक २६८० को विन्दु ब्रेकआउट हुन्छ, भन्ने आम लगानीकर्ताहरुमा आशा थियो तर हुन सकेन । अहिले मुख्यगरी बजार माथि जान नसक्नुको कारण भनेकै लगानीकर्तामा मनोबल उच्च नहुनु हो । अधिकांश लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्, थप लगानी गर्न सकिरहेका छैनन् । चुनावको माहोल राम्रो हुन नसक्दा लगानीकर्ताले कन्फिडेन्ट बढाउन सकिरहेका छैनन् । अब राजनीतिक अवस्था र चुनावी माहोल नबन्दासम्म केही समय बजार साइडवेजमै चल्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.२२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६० प्रतिशत, विकास बैंक ०.९३, फाइनान्स १ प्रतिशत, होटल १.२०, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त १.०४, म्युचुअल फण्ड ०.७१, निर्जीवन ०.९३, अन्य ०.१२ र व्यापार समूह १.२१ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो सागर डिलिस्टलरीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४३ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख , बन्दिपुर केवलकारको १५ करोड ४८ लाख, युनाइटेड मोदीको १३ करोड ४९ लाख र हिमालयन रि इन्स्योरेन्सको १३ करोड ४० लाख बढीको सेयर कारोबार भयो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मेन्छियाम हाईड्रोको सेयरमूल्य ५.३७ प्रतिशत, एशियन हाईड्रोपावरको २.६७ र ङादी ग्रुप पावरको सेयरमूल्य २.५४ प्रतिशतले बढ्यो ।  

यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.५१ प्रतिशतले घट्यो । माबिलुङ इनर्जीको सेयरमूल्य पनि आज ६.९८ प्रतिशत, सागर डिस्टिलरीको ६.९० र मिथिला लघुवित्तको सेयरमूल्य ५.९० प्रतिशतले घट्यो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.