मंगलवार, फाल्गुन ५,२०८२ 12:41:03
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:41:03
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सूचकसँगै घट्यो कारोबार, जानकार भन्छन्, ‘लगानी गर्ने उपयुक्त अवसर’

सेयरबजारमा सूचकसँगै घट्यो कारोबार, जानकार भन्छन्, ‘लगानी गर्ने उपयुक्त अवसर’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.५३ प्रतिशत अर्थात ४२.५८ अंकले घटेर २ हजार ७२६.५१ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले घटेर ४६४.४६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘हिजो र आज बजारमा करेक्सन देखिएको छ । गत सातादेखि लगातार बजार बढेकाले दुईदिन सेयरबजारमा करेक्सन देखिएको छ । यसलाई नाफा बुक पनि मान्न सकिन्छ । ट्रेडरहरुले केही प्रतिशत नाफा बुक गर्दा सेलिङ प्रेसर पनि आएको बुझ्न सकिन्छ । आज पनि २० अंक जतिको करेक्सन देखिन्छ भन्ने थियो तर ठूलो करेक्सन देखिएको छ । लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था भने छैन । घट्दो बजार भनेको लगानी गर्ने अवसर पनि हो । क्यान्डल हेर्दा मार्केट वियरिस ट्रेन्डमा जान लागेको जस्तो पनि देखिन्छ तर भोलिको सिनारियो हेरेपछि मात्रै बजार कता जान्छ भन्ने तय हुन सक्छ । नत्र सामान्यतया बजारमा स–सानो करेक्सन देखिएर माथि जाने नै सम्भावना छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १२ वटामा रातो पोतियो भने एउटा समूह अपरिवर्तित रह्यो । म्युचुअल फण्ड समूह आज स्थिर रह्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.४४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.४९ प्रतिशत, विकास बैंक १,होटल १.९०, हाईड्रो १.४१, लगानी १.७०, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४०, लघुवित्त १.४३, निर्जीवन बीमा १.७४, अन्य १.९७ र व्यापार ०.५१ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५७ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ५७ करोड ६८ लाख, आँखुखोला जलविद्युतको ५१ करोड ४३ लाख, ङादी ग्रुप पावरको ३९ करोड ३ लाख र बन्दीपुर केवलकारको ३७ करोड ३१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ८.५६ प्रतिशतले बढ्यो । दरमखोला हाईड्रोको सेयरमूल्य पनि आज ८.४१ प्रतिशत, मायाखोला हाईड्रोको ८.३६ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५७ प्रतिशतले बढ्यो ।

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.९३ प्रतिशतको गिरावट आयो । यस्तै ट्रेड टावरको सेयरमूल्य पनि ६.६६ प्रतिशत, झापा इनर्जीको ६.२५ र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ५.९४ प्रतिशतले घट्यो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.