आईतवार, बैशाख ६,२०८३ 11:18:04
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:18:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चुनावी सरगर्मी बढेसँगै सेयरबजारमा फर्कियो रौनक, कारोबार रकम १३.७८ अर्ब

Bizshala
चुनावी सरगर्मी बढेसँगै सेयरबजारमा फर्कियो रौनक, कारोबार रकम १३.७८ अर्ब
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक २.१२ प्रतिशत अर्थात ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७३ प्रतिशतले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७८ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार बढ्का लागि तयार भएको देखिन्छ । अघिल्लो हप्तादेखि नै बजारले पोजिटिभ मुभमेन्ट बनाइसकेको थियो । सेयरबजार बढ्नका लागि सबै कुराहरु सकारात्मक हुँदा पनि राजनीतिक अन्योलताले गर्दा मात्रै लगानीकर्ताहरुले मनोबल दरो बनाउन सकेका थिएनन्, तर राजनीतिक अन्योलता हटेको छ र सबै दलहरु चुनावमा जान तयार भएकाले सेयर लगानीकर्ताहरु सक्रिय भएको देखिन्छ । आज सेयरबजारमा भोल्युम पनि उल्लेख्य बढेको छ । यसले लगानीकर्ताहरु उत्साहित र सक्रिय भएको बुझ्न सकिन्छ । सेयरबजार अब तलमाथि हुँदै विस्तारै बढ्दै जान्छ । अब लगानीको वातावरण समेत बन्दै जानेमा आम लगानीकर्ताहरुको विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक अर्थात ३.३५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.७९ प्रतिशत, विकास बैंक १.६८, फाइनान्स १.७३, हाईड्रो २.७४, लगानी २.८४, जीवन बीमा २.०३, उत्पादन तथा प्रशोधन २.९७, लघुवित्त १.६०, म्युचुअल फण्ड ०.९७, निर्जीवन १.९७, अन्य १.५७ र व्यापार १.५२ प्रतिशतले बढ्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४३ करोड ५९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, ग्रीन भेन्चर्सको ३९ करोड ७७ लाख, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदी हाईड्रोको ३० करोड १४ लाख र बन्दीपुर केवलकारको २९ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १२ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत, त्रिशुली जलविद्युत, क्रेष्ट माइक्रो लाइफ, नेपाल वेयरहाउजिङ र वरुण हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी, स्वस्तिक लघुवित्तको सेयरमूल्य ९ प्रतिशत, गार्डियन माईक्रो लाइफको ८.७९ र पिपुल्स पावरको सेयरमूल्य ८.६७ प्रतिशतले बढ्यो ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ४.९४ प्रतिशतको गिरावट आयो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ३.९६ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.