मंगलवार, आश्विन २०,२०८३ 10:10:23
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 10:10:23
Bizshala
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सामान्य बढोत्तरी

Bizshala
सेयरबजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सामान्य बढोत्तरी
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.९९ प्रतिशत अर्थात २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर ४५८.२६ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६८ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ३६ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘मार्केट धेरै नै घटेर डाउन हुँदा आजको बढोत्तरी केवल एउटा रिटेसमेन्ट मात्रै हो । बजार एक्चुअल रुपमा बढ्नै खोजिरहेको छैन । अझैपनि मार्केट करेक्टिभ र्यालीमै देखिन्छ । बजारमा भोल्युम एकदमै कम छ । पोहोर यसै समयमा बजारमा ९–१० अर्बको कारोबार हुन्थ्यो भने अहिले त्यसको तुलनामा निकै कम छ ।’

उनले थपे, ‘लगानीकर्ताहरु सेयर किन्नै चाहिरहेका छैनन् । ट्रेडिङमा खासै रुचि नदेखाएकाले बजार माथि जान सकिरहेको छैन । साथै अहिले  लगानीको माहोल पनि राम्रो देखिदैन । रेगुलर ट्रेड गर्नेहरु पनि पूर्ण रुपमा एक्टिभ छैनन् । अब सरकारले नै केही राम्रो कुरा ल्याएर लगानीकर्ताको मनोबल बढेमा राम्रो मोमेन्टम बनाउन सके बजार २७–२८ सयको बिचमा उक्लिन सक्छ, नत्र बजार माथि बढ्ने सम्भावना देखिदैन ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटामध्ये एउटाबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.७८, विकास बैंक ०.८७ प्रतिशत, होटल ०.८६, हाईड्रो १.१६, लगानी ०.६४, जीवन बीमा १.४५, उत्पादन तथा प्रशोधन ०.५४, लघुवित्त ०.७८, निर्जीवन बीमा १.५०, अन्य १.३९ र व्यापार १.३८ प्रतिशतले बढ्यो।

आज घट्ने एउटा मात्रै समूहको रुपमा म्युचुअल फण्ड समूह रह्यो । यो समूह आज ०.३१ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज एनआरएन एन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २४ करोड ९० लाख बढीको सेयर कारोबार भयो । यस्तै लिबर्टी इनर्जीको २३ करोड ८४ लाख, सानिमा मिडिल तमोरको २० करोड ३८ लाख, रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७९ लाख र अपि पावरको १७ करोड ७७ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.४३ प्रतिशतले बढ्यो ।

यस्तै त्रिशुली जलविद्युतको मूल्य ६.३८, श्रीजनशील लघुवित्तको ५.९३ र सर्वोत्तम पेन्ट्सको मूल्य ५.४० प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.२३ प्रतिशतले घट्यो । यस्तै अभियान लघुवित्तको सेयरमूल्य ५.२२ र इमर्जिङ नेपालको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.