आईतवार, बैशाख ६,२०८३ 11:12:19
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

Bizshala
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । 

जीवन बीमा समूह १.१८ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ । आज ४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीको सेयरभाउ ०.५४ प्रतिशतले बढेर गार्डियनको सेयरभाउ १८३५ रुपैयाँ र नेपाल माइक्रोको सेयरभाउ १२९६ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ०.४० प्रतिशतले बढेर १२६३ रुपैयाँ र सिद्धार्थ प्रिमियरको सेयरभाउ ०.४२ प्रतिशतले बढेर ७२४ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७३ प्रतिशतले घटेर ४९५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, एशियन लाइफको १.७७ प्रतिशत, सिटिजन लाइफको ०.५५ प्रतिशत, हिमलायन लाइफको ०.७९ प्रतिशत, आइएमई लाइफको १.७१ प्रतिशत, एलआइसी नेपालको १.१५ प्रतिशत, नेपाल लाइफको १.२२ प्रतिशत, नेशनल लाइफको ०.९५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९२ प्रीतशत, सूर्यज्योति लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको १.४४ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.४५ प्रतिशतले घटेको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसका साथै हिमालयन एभरेष्टको ०.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, नेको इन्स्योरेन्सको १.१० प्रतिशत, एनएलजीको १.२९ प्रतिशत, प्रभुको ०.१६ प्रतिशत, आरबीसीएलको ०.६३ प्रतिशत, सलिकोको १.४९ प्रतिशत, सानिमा जिआइसीको १.६४ प्रतिशत, शिखरको १.९९ प्रतिशत, युनाइटेड अजोडको ०.११ प्रतिशत, हिमालयन रि को १.५३ प्रतिशत र नेपाल रि को १.२० प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.