सोमबार, चैत्र ३,२०८१ 07:18:44
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 07:18:44
IME remit
Global IME Bank Limited

सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून

Hyundai Nepal
सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात १०.१४ अंकले घटेर २ हजार ७०४.७० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले घटेर ४५३.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार विगत दुई महिनाकै न्यून हो । यसअघि गत पुस २८ गते ४ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘चैत महिना भनेको बजारका लागि अफ–सिजन जस्तै हो । सिजनमा पनि नबढेका कारण यो महिना पनि बजार साइडवेजनै रहन सक्छ ।’

वैशाखमा आउने कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनपश्चात भने बजारमा सुधार आउन सक्ने उनले बताए । उनले आज कारोबार घट्नुलाई लगानीकर्ताले बढेर खरिद गर्न नचाहेको र घटेर बेच्न नचाहेको रुपमा लिन सकिने बताए ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारका केही खेलाडीले बजार घटाउन विभिन्न हत्कण्डा अपनाईरहेको बताए । खेलाडीहरुले सरकार परिवर्तन हुने जस्ता अफवाह फैलाएर बजार घटाएको उनले आरोप लगाए ।  

भोल्युम पनि ड्राई हुँदै गरेका कारण बजारमा छिट्टै रिभर्सल हुने समेत उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज एउटा समूह भने अपरिवर्तित रह्यो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४४ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि आज ०.१२ प्रतिशत,होटल ०.१८ र लगानी समूह ०.१८ प्रतिशतले बढे । म्युचुअल फण्ड समूह आज अपरिवर्तित रह्यो ।  

व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.३८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२१ प्रतिशत, विकास बैंक ०.९२, हाईड्रो ०.२३,जीवन बीमा ०.५१,लघुवित्त ०.०१,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.५६ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४३ करोड ९३ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज ३० करोड ७४ लाख, महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख र सिईडिबि होल्डिङ्ग्सको १८ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज राप्ती हाईड्रोको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ८.०३ प्रतिशत,ग्रीन डेभलपमेन्ट बैंकको ५.३३ र मानुषी लघुवित्तको सेयरमूल्य ४.१३ प्रतिशतले बढ्यो ।  

महालक्ष्मी विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.६३ प्रतिशतले घट्यो । घलेम्दी हाईड्रोको सेयरमूल्य पनि ४.५८ र विशाल बजार कम्पनीको सेयरमूल्य ३.७३ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.