आईतवार, बैशाख ६,२०८३ 11:18:05
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:18:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स

Bizshala
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । 

बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । आज सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ९३३.९० रुपैयाँ पुगेको छ, भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ ९९२.२० रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, सानिमा रिलायन्स लाइफको ६.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६.०४ प्रतिशत, हिमालयन लाइफको ५.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४.९० प्रतिशत, सन नेपाल लाइफको ४.८१ प्रतिशत, आइएमई लाइफको ४.६८ प्रतिशत, नेशनल लाइफको ४.५६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.३८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.९६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९२ प्रतिशत, सुर्यज्योति लाइफको ३.८१ प्रतिशत र सिटिजन लाइफको ३.५५ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै एशियन लाइफको ३.५४ प्रतिशत, युनाइटेड अजोडको ३.५१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.३२ प्रतिशत, सानिमा जिआइसीको ३.०६ प्रतिशत, नेपाल लाइफको २.९६ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्योरेन्सको २.९५ प्रतिशत, रिलायबल नेपाल लाइफको २.८५ प्रतिशत, एलआइसी नेपालको २.७२ प्रतिशत, शिखर इन्स्योरेन्सको २.५० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.२० प्रतिशत, नेको इन्स्योरेन्सको २.१० प्रतिशत र आरबीसीएलको १.८० प्रतिशतले सेयरभाउ बढेको छ । सेयरभाउ बढेसँगै आज हिमालयन रि र नेपाल रि को सर्वाधिक कारोबार भएको छ । हिमालयन रि को १ अर्ब ५३ करोड रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ३१ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.