मंगलवार, फाल्गुन ५,२०८२ 12:45:05
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:45:05
Bizshala
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सर्किट

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सर्किट
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । 

जीवन बीमा समूह २.१० प्रतिशत र निर्जीवन बीमा समूह १.८७ प्रतिशतले बृद्धि भएको छ । दुईवटा बीमा कम्पनी बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा यु्नाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज सकारात्मक सर्किट लागेर ७६१.२० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६.७५ प्रतिशत, रिलाबयल नेपाल लाइफको ३.५८ प्रतिशत, सुर्यज्योति लाइफको ३.४६ प्रतिशत, आइएमई लाइफको ३.२९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.०९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.०३ प्रतिशत, हिमालयन लाइफको २.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.५५ प्रतिशत, सिटिजन लाइफको २.५१ प्रतिशत, नेपाल लाइफको २.३० प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.२० प्रतिशत, नेको इन्स्योरेन्सको २.०९ प्रतिशत र सन नेपाल लाइफको २.०६ प्रतिशतले सेयरभाउ बढेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसका साथै एनएलजी इन्स्योरेन्सको २.०६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.९८ प्रतिशत, हिमालयन एभरेष्टको १.८५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.७६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.५२ प्रतिशत, नेशनल लाइफको १.४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९३ प्रतिशत, एशियन लाइफको ०.४१ प्रतिशत र एलआइसी नेपालको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनीको १.१२ प्रतिशतले घटेर १७ हजार ७०० रुपैयाँ कायम भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको ०.४० प्रतिशतले घटेर ६९२.२० रुपैयााँ कायम भएको छ । सेयरभाउ बढेसँगै आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ८४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.