आईतवार, बैशाख ६,२०८३ 11:19:19
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:19:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कूल १९ वटा बीमा कम्पनीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत

Bizshala
कूल १९ वटा बीमा कम्पनीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।

प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेशनल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायवल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड र एलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ ।

CG Motors
Garima Development Bank
IME remit

यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ ।

प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू संचालनमा रहेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.