आईतवार, असार २२,२०८२ 09:05:22
  • आईतवार, असार २२,२०८२ 09:05:22
Global IME Bank Limited

नेप्सेको सप्लाई जोनमा वियरिस ‘इन्गल्फिङ प्याट्रन’, अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
नेप्सेको सप्लाई जोनमा वियरिस ‘इन्गल्फिङ प्याट्रन’, अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार बढेको बजारमा आज सप्लाई जोनमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि पहिलो क्याण्डल हरियो बन्छ र त्यस पछिको दोस्रो क्याण्डल पहिलो हरियो क्याण्डललाई पूरै ढाक्ने गरि रातो क्याण्डल बन्छ भने त्यसलाई वियरिस इन्गिल्फिङ क्याण्डल भनिन्छ । यसले बजारमा अल्पकालिन करेक्सनको संकेत गर्छ ।

बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा अपर ब्याण्डमा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । तर बजारले अपर ब्याण्ड छोडी हालेको अबस्था भने होइन ।  

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकरात्मक र लामालामा नै रहेका छन् । आज हिस्टोग्राम केही फिक्का बनेको छ । आरएसाई ओभर बट जोन ७५ मा पुगेर केही झुकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा तीन वटै इन्डिकेटरबाट बजारलाई नियाल्दा बजारमा अल्पकालिन नाफा बुक चलेको देखिन्छ । यदि आगामी दिनमा बजार घटेमा बजारले अबको  नजिकको सपोर्ट २१००, २०६० र २०४० आसपास लिन सक्ने छ ।  

त्यसैगरि, बढेमा भने २१४०,२१७१ र २२१२ मा प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.