आईतवार, बैशाख ६,२०८३ 11:15:18
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साढे १२ अंकले घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो

Bizshala
साढे १२ अंकले घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४४५.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भू)भन्छन्, ‘टेक्निल रुपमा हेर्दा बजारमा अहिले साइडवेज चलिरहेको छ । बजार ‘बी वेभ’मा माथि गयो अब ‘सी वेभ’मा बजार २४ सयको विन्दु वा सो आसपास रहन्छ । साथै, फन्डामेन्टल रुपमा हेर्नुपर्दा बजार बढ्नका लागि केही त्यस्ता नयाँ कुराहरु छैनन् । चुनावी माहोल छ, तर लगानीकर्ताहरुमा कन्फिडेन्ट छैन । चुनाव समयमै भएर बजारमा नयाँ पैसा भित्रियो भने मात्रै बजार केही हदसम्म बढ्न सक्छ, तर अहिले बैंकहरुले लोन दिनका लागि डकुमेन्ट प्रक्रिया झन्झटिलो बनाएको छ र बैंकले तोकेजस्तो डकुमेन्ट पुर्याउन लगानीकर्ता असमक्ष छन् । बजार बढ्न सक्ने कुनै अवस्था छैन । पछिल्लो समय सेयरबजारका लागि भद्रगोल अवस्था बनेको छ ।’

त्यस्तै, अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजार साइडवेजमै चलेको र पुष मसान्तसम्म नेप्से परिसूचक २५५० देखि २७ सय सम्मको विन्दुमा बस्न सक्ने बताए । ‘अहिले लगानीकर्ताहरुमा सेयरबजारमा थप लगानी गर्ने मनोबल बढ्न सकेको छैन, अस्थिर राजनीतिका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन्’ उनले भने, ‘अब चुनावपछि स्थिर सरकार बनेर माहोल राम्रो बन्दै जाने हो भने बजार अप ट्रेन्डमा आउन सक्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये २ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत र बैंकिङ समूह ०.११ अंकले बढ्यो बढ्यो ।  

हाईड्रो समूह आज सर्वाधिक अर्थात ०.९३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह पनि आज ०.३४ प्रतिशत, फाइनान्स ०.७८, होटल ०.८८, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, लघुवित्त ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ र व्यापार ०.४९ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज कुमारी बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज कुमारी बैंकको संस्थापक सेयरको २६ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै ङादी ग्रुप पावरको १८ करोड ८७ लाख, शिवम् सिमेन्टको ७ करोड ८९ लाख र श्रीनगर एग्रिटेकको ७ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै एनएमबि माईक्रोफाइनान्सको सेयरमूल्य को सेयरमूल्य ५.१९ प्रतिशत, अपर स्याङ्गे हाईड्रोपावरको ४.७० र सनराइज फर्स्ट म्युचुअल फण्डको सेयरमूल्य ४.७० प्रतिशतले बढ्यो ।

यो दिन सिटी होटल लिमिटेडको सेयरमूल्य सर्वाधिक अर्थात ६.२६ प्रतिशतले घट्यो । श्रीनगर एग्रिटेकको सेयरमूल्य पनि आज ४.६५ प्रतिशत, लक्ष्मी लघुवित्तको ४.५५ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशतले घट्यो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.