बुधबार, भाद्र २५,२०८२ 10:16:21
  • बुधबार, भाद्र २५,२०८२ 10:16:21
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, ‘लो क्याप भएका कम्पनीले धान्न सकेनन् बजार’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से, ‘लो क्याप भएका कम्पनीले धान्न सकेनन् बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १.२३ प्रतिशत अर्थात २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३६ प्रतिशतले घटेर ३५१.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘नयाँ अर्थमन्त्रीले बाचा गरे अनुरुप काम गर्न अझै सकेका छैनन् । जसका कारण लगानीकर्ताको मनोबल निकै खसेको छ । कारोबारी बाहेक अन्य ठूला लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामै छन् । त्यसैले बजारमा तरलता अधिक हुँदा पनि बजारमैत्रि नीति नहुँदा बजार बढ्न सकेको छैन । ’

राष्ट्र बैंकसँग पनि लगानीकर्ता ढुक्क हुन नसक्दा पनि बजारले गति नलिएको पौडेल बताउँछन् ।  

अर्का बजार जानकार मेहेश रिजालको विचारमा बजारमा नयाँ फण्ड नआउँदा गति लिन नसकेको हो ।‘बजारमा लो क्याप मात्रै चले, लार्ज क्याप चल्न सकेनन् । सरकारले पनि लगानीकर्ताको मागलाई सम्बोधन गर्न सकेको छैन ।’

रिजालले केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजारलाई सम्बोधन गर्न नसकेमा बजारले गति लिन नसक्ने बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । आज लघुवित्त समूह ०.१६ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढे ।  

आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूह २.६५ प्रतिशत घट्यो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकिङ समूह १.१०, वित्त २.०३, होटल १.६८,हाईड्रो १.५९,लगानी १.३३,जीवन बीमा १.७२,उत्पादन तथा प्रशोधन २.३७,म्युचुअल फण्ड ०.२०,अन्य ०.८१ र व्यापार समूह ०.४९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १२ करोड ६४ लाख बढीको सेयर कारोबार भयो । हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख,पोखरा फाइनान्सको ११ करोड ७० लाख,आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.५६ प्रतिशतले बढ्यो । यो दिन साधना लघुवित्तको सेयरमूल्य ८.७२ र समता घरेलु लघुवित्तको सेयरमूल्य ८.७२ प्रतिशतले बढ्यो ।  

यो दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९२ प्रतिशतले घट्यो ।  

त्यस्ते सिंगटी हाईड्रोको सेयरमूल्य ७.५५ प्रतिशत र हिमालयन डिष्टिलरीको सेयरमूल्य ६.३३ प्रतिशतले ओरालो लाग्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.