मंगलवार, आश्विन १३,२०८३ 07:00:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:00:37
Bizshala
Global IME Bank Limited

तीन कारोबार दिनपछि नेप्सेमा सुधार, जानकार भन्छन्, ‘रिभर्सलको संकेत’

Bizshala
तीन कारोबार दिनपछि नेप्सेमा सुधार, जानकार भन्छन्, ‘रिभर्सलको संकेत’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६१२.२० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४४६.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘बजार केही समयदेखि साइडवेज नै चलिरहेको थियो । आज तल्लो मूल्यमा लगानीकर्ता पसेका कारण बजारले गति लिएको हो । यद्यपी ६–७ अर्ब भोल्युम नआएसम्म बजार बढीहाल्यो भन्न हतार हुन सक्छ । ’

उनले आजको बढोत्तरीलाई संस्थागत लगानीकर्ताले खरिद गर्दाको परिणाम भएको बताए ।  

त्यसैगरी अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले बजारमा रिभर्सल प्रकृतिको क्याण्डल बनेको र बैंकिङ क्षेत्रमा लगभग लो लागेको बताए । उनले अझै २–३ दिनको क्याण्डल हेरिसकेपछि मात्रै बजारको अवस्था निश्चित हुने बताए । ‘आधारभूत रुपमा निर्यात बढेको, नयाँ स्टक एक्सचेञ्ज आउँदै गरेको,नेप्सेको एसएमई प्लेटफर्म आउँदै गरेको जस्ता सकारात्मक विषय बजारमा व्याप्त रहेका छन् । रिभर्सलको पहिलो कारोबारमा भोल्युम कम आउनु सामान्य नै मान्न सकिन्छ । अब दोस्रा–तेस्रो क्याण्डलमा भोल्युमसहित बजार बढेको खण्डमा बजारले माथिकै यात्रा तय गर्न सक्छ ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.६५ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.८४ प्रतिशत,विकास बैंक १.१५, फाइनान्स १.६७,होटल ०.४३,लगानी ०.५१,जीवन बीमा ०.७३,लघुवित्त ०.८१,निर्जीवन बीमा ०.११ अन्य ०.६३ र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज घट्ने एउटा मात्रै समूहको रुपमा म्युअुचल फण्ड समूह रह्यो । यो समूह आज ४.२१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ८४ लाख बढीको कारोबार भयो । जोशी हाईड्रोपावरको आज ११ करोड ७६ लाख,मोलुङ हाईड्रोको ११ करोड ५९ लाख,सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख र रिभर फल्स पावरको ९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स,सुपर मादी हाईड्रोपावर,बाराही हाइड्रोपावर,बलेफी हाईड्रो र नेपाल हाईड्रो डेभलपरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.१६ प्रतिशत,पिपुल्स पावरको २.३१ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १.८६ प्रतिशतले घट्यो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.