आईतवार, बैशाख ६,२०८३ 11:10:40
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से परिसूचक ५.२१ अंकले घट्यो, दुई समूह मात्रै बढे

Bizshala
नेप्से परिसूचक ५.२१ अंकले घट्यो, दुई समूह मात्रै बढे
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२१ अंकले घटेर २ हजार ६७४.७६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले बढेर ४५६.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,‘सेयर बजारमा घटबढ हुनु सामान्य हो । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जाको जोखिमभार घटाएको छ र आज हामीसँगको भेटमा पनि गभर्नर पूँजीबजारप्रति निकै सकारात्मक देखिन्छन् । उनले पूँजी बजारको विकासका लागि सबै पक्षसँग सल्लाह गरेर अघि बढ्ने समेत बताएका छन् ।’

यस कारण पूँजी बजारमा बिस्तारै सकारात्मक माहोल बन्दै गएको तर आज केही बिक्री दबाब पर्दा भने सामान्य अंकले घट्न पुगेको उनले बताए ।    

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले ठूला लगानीकर्ता बजारबाट बाहिरिने प्रयास गर्दा सकारात्मक खबर आएपनि बजार आज बढ्न नसकेको बताउछन् । ‘पछिल्लो समय नियामक निकायले संस्थापक लगानीकर्तालाई गरेको कडाईका कारण नेपालको पूँजी बजारबाट बाहिरिने क्रम बढेको छ,’ उनले भने ।  

प्राविधिक रुपमा पनि कारोबारीहरु २७७० विन्दुलाई कुरेर बसेका कारण बजारले गति लिन नसकेको समेत उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह ०.७९ र बैंकिङ समूह ०.१७ प्रतिशतले बढ्यो ।  

लघुवित्त समूह आज सर्वाधिक अर्थात १.५० प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.२७ प्रतिशत, फाइनान्स ०.१२, होटल ०.९१, हाईड्रो ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, म्युचुअल फण्ड ०.०८, निर्जीवन बीमा ०.३२,अन्य ०.४८ र व्यापार समूह ०.१३ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६४ करोड ३१ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५६ करोड ८६ लाख, युनिभर्सल पावरको ४५ करोड ३९ लाख, कुमारी बैंकको २१ करोड ९५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।  

यस्तै बोटलर्स नेपाल बालाजुको सेयरमूल्य ३.८८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ३.५९ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.५६ प्रतिशतले बढ्यो ।  

गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले खस्कियो । यस्तै बाराही हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.