मंगलवार, आश्विन १३,२०८३ 06:54:34
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:54:34
Bizshala
Global IME Bank Limited

लगातार ६ दिनदेखि बढिरहेको सेयरबजारमा आज ब्रेक, जानकार भन्छन्, ‘ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा’

Bizshala
लगातार ६ दिनदेखि बढिरहेको सेयरबजारमा आज ब्रेक, जानकार भन्छन्, ‘ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा’
New Office

काठमाण्डौ । लगातार ६ दिनदेखि बढिरहेको सेयरबजारको वृद्धिमा आज ब्रेक लागेको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.९५ अंकले घटेर २ हजार ७१२.५४ विन्दुमा ओर्लिएको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले बढेर ४७०.३१ विन्दुमा सीमित बनेको छ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब ६७ करोड १० लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार बजार जानकार खोमनाथ प्याकुरेल भन्छन्, ‘नयाँ सरकार आएपछि बजार घटेर तल्लो विन्दुमा आएको थियो । सरकारको गतिविधि र धरपकडका कारण लगानीकर्ताहरुको कन्फिडेन्ट घटेको अवस्था थियो । प्रोमोटरहरुले पनि धमाधम सेयर बेच्दा बजारमा बिक्री दबाब सिर्जना भई मार्केट घटेको अवस्था थियो । तर केही दिनअघि मात्रै प्रधामन्त्रीको कार्यालय र ब्रोकर एसोसियसन, एफएनसीसीआई र लगानीकर्ताहरुबीच भएको छलफलपछि बजारमा केही प्रतिशत पोजेटिभ सेन्टिमेन्ट देखिएको छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले थपे, ‘लगानीकर्ताहरुमा थोरै पनि मनोबल बढेको देखिएको छ । तर अझैपनि बजारमा ठूलो रकम आउन सकिरहेको छैन । सरकारले पूँजीबजार चलायमान बनाउन ठूला लगानीकर्तालाई सहज तरिकाले बजारमा लगानी गर्न पाउने वातावरण सिर्जना गर्नुपर्छ । अहिले बजारको लागि सिजन भएपछि अपेक्षित कारोबार हुन सकिरहेको छैन । व्यवसायी वा ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा छन् । साना लगानीकर्ता वा ट्रेडरहरु मात्रै बजारमा सक्रिय भएकाले केही दिनयता बढेको बजारमा आज नाफा बुक भएको छ । अब एकदुई दिन बजार साईडवेजमै बस्ने देखिन्छ । सम्भवतः अर्को सातादेखि बजारमा भोल्युमसँगै नेप्से इन्डेक्स पनि माथि उक्लिने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.४९ र ०.४५ प्रतिशतले बढे ।

आज व्यापार समूह सर्वाधिक घट्यो । यो समूह आज २.६० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२७, विकास बैंक ०.२४, होटल ०.३१, हाईड्रो ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, लघुवित्त ०.४२, म्युचुअल फण्ड ०.०७, निर्जीवन बीमा १.२६ र अन्य ०.९८ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४२ करोड ३० लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड १० लाख, रिलायन्स स्पीनिङ मिल्सको २६ करोड ३२ लाख र आँखुखोला जलविद्युतको २३ करोड २० लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै बुङ्गल हाईड्रोको सेयरमूल्य १०.५० प्रतिशत, सालपा विकास बैंकको ५.९२, पियोर इनर्जीको ५.२३ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्यो ।

यो दिन गार्डियन माइक्रो इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात ३.९२ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.