सोमबार, जेष्ठ ५,२०८२ 06:01:51
IME remit
  • सोमबार, जेष्ठ ५,२०८२ 06:01:51
IME remit
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघु बीमक

Hyundai Nepal
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघु बीमक
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.५७ प्रतिशत र निर्जीवन बीमा समूह १.४१ प्रतिशतले बृद्धि भएको छ । आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६१ प्रतिशतले बढेर ८१० रुपैयाँ पुगेको छ । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

त्यस्तै, एशियन लाइफको ०.९९ प्रतिशत, सिटिजन लाइफको १.८७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.१८ प्रतिशत, हिमालयन लाइफको ०.५५ प्रतिशत, आइएमई लाइफको ०.५७ प्रतिशत, नेपाल लाइफको ०.३८ प्रतिशत, नेशनल लाइफको १.७४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५.१६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५८ प्रतिशत, सूर्यज्योति लाइफको ०.६० प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्टको ०.९० प्रतिशत, आईजीआई प्रुडेन्सियलको ३.१४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.४१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४६ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.८९ प्रतिशत, सानिमा जिआइसीको २.४६ प्रतिशत, शिखरको ०.७६ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.९५ प्रतिशतले बढेको छ । पुनर्बीमातर्फ भने नेपाल रि को १.४२ प्रतिशत, हिमालयन रि को ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ । 

Muktinath Bikas Bank Limited

आज ४ बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक गुमाउनेमा दुई लघुबीमा कम्पनी रहेका छन् । क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ४.९३ प्रतिशतले घटेर १९०५ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सको ४.१४ प्रतिशतले घटेरु १९४१.३० रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको ०.७९ प्रतिशत र सन नेपाल लाइफको ०.३८ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.