आईतवार, फाल्गुन ११,२०८१ 12:49:30
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 12:49:30
IME remit
Global IME Bank Limited

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २७.५४ अंकले बढेर २०२९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५० प्रतिशतले घटेको छ । बीमा समूहका उपसूचकहरु घटेपनि आज ९ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । 

कम्पनीको सेयरमूल्य २.४७ प्रतिशतले बढेर ४३२ रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीसीएलको १.२० प्रतिशत, एलआइसी नेपालको ०.८१ प्रतिशत, नेपाल रि को ०.४४ प्रतिशत, सलिकोको ०.४२ प्रतिशत, नेपाल लाइफको ०.३१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, हिमालयन रि को ०.१५ प्रतिशत र एशियन लाइफको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३३ प्रतिशतले घटेर ६२५ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएलजीको २.१४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६९ प्रतिशत, सानिमा जिआइसीको १.६९ प्रतिशत, युनाइटेड अजोडको १.६४ प्रतिशत, नेशनल लाइफको १.३८ प्रतिशत, हिमालयन लाइफको ०.८२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६७ प्रतिशत, सिटिजन लाइफको ०.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५८ प्रतिशत, शिखरको ०.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३७ प्रतिशत, आइएमई लाइफको ०.३२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत र सन नेपाल लाइफको ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

 बीमा कम्पनीमा आज सर्वाधिक हिमालयन रि को ९ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.