बुधबार, चैत्र २०,२०८१ 03:10:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:10:52
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४६९.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएको थियो । यस हिसाबले आज कारोबारमा सुधार आएको देखिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘आज बजार घटेता पनि समग्रमा भने बढ्ने नै हो । ठूला दल मिलेर सरकार बनेकाले राजनीतिक स्थरिता कायम छ, ब्याजदर घट्दो छ र तरलता फालाफाल छ । यही कारण बजारले यतिबेला बेस क्याम्पमा शक्ति सञ्चय गर्दैछ ।’

त्यस्तै नेपाल सेयरधनी संघका निवर्तमान अध्यक्ष नानीबाबु खरेलले पनि गभर्नर र सरकारले पूँजी बजारका बारेमा राम्रो सन्देश दिन नसक्दा बजारले अपेक्षा अनुरुप गति लिन नसकेको बताए । ‘राष्ट्र बैंकले सुर्कलरमार्फत बैंकले बीमा कम्पनी र बीमाले बैंकको सेयर खरिद गर्न पाउने एउटा मात्रै व्यवस्था गरे बजारले नयाँ उचाई चुम्नेछ । यसका साथै सेबोनका नवनियुक्त अध्यक्षले पनि पूँजी बजारको विकासका लागि सकारात्मक सन्देश प्रवाह हुनेगरी काम थालेमा बजारमा थप आकर्षण देखिनेछ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.५९ प्रतिशतले बढेर ३ हजार ६४८.१६ विन्दुमा पुग्यो ।  

यस्तै उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह सर्वाधिक अर्थात ८.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३४ प्रतिशत,विकास बैंक १.९४,वित्त १.२४,होटल ०.४०,लगानी ०.०२,जीवन बीमा १.५०,म्युअुचल फण्ड ०.३४,निर्जीवन बीमा ०.३३ र अन्य ०.७४ प्रतिशतले घट्यो ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जोशी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ३० लाख बढीको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ५६ लाख,आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख,सानिमा माई हाईड्रोको १८ करोड ७६ लाख र रसुवागढी हाईड्रोपावरको १७ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावर,जोशी हाईड्रोपावर,रिभर फल्स पावर र इङुग्वा हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.४१ प्रतिशत,अपर हेवाखोलाको ८.७८ र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य ८.३८ प्रतिशतले बढ्यो ।  

सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि १० प्रतिशत,विशाल बजारको ९.१७ र नेपाल फाइनान्सको सेयरमूल्य ५.०१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.